आईतवार, बैशाख ६,२०८३ 11:54:10
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 11:54:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आय विवरण दाखिला गर्ने म्याद थप गरिनुपर्छ: नेपाल चेम्बर अफ कमर्स

Bizshala
आय विवरण दाखिला गर्ने म्याद थप गरिनुपर्छ: नेपाल चेम्बर अफ कमर्स
Shivam Cement

काठमाण्डौ । वार्षिक १ करोड रुपैयाँसम्म कारोबार गर्ने एकलौटी फर्म र शुन्य कारोबार भएका निकायहरुको सम्बन्धमा आय विवरण दाखिला गर्ने म्याद थप नहुने आन्तरिक राजश्व विभागको निर्णयप्रति ध्यानाकर्षण भएको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।  

यस्तै वार्षिक २५ करोड रुपैयाँसम्म कारोबार भएका निकाय र अन्य करदाताहरुको मंसिर मसान्तसम्म मात्र म्याद थप हुने व्यवस्था एवं वार्षिक २५ करोड रुपैयाँ भन्दा वढीको कारोबार गर्ने करदाताहरुको सम्बन्धमा पुस २० गतेसम्म मात्र म्याद थप हुने व्यवस्थाप्रति चेम्बरले विमती जनाएको हो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

मुलुकको अर्थतन्त्र शिथिल अवस्थामा रहेको एवं निजी क्षेत्रको मनोबल खस्किरहेको वर्तमान अवस्थामा विद्यमान कानूनी व्यवस्था विपरित भएको विभागको पछिल्लो निर्णयले व्यवासायिक क्षेत्रमा गम्भिर असर गर्ने चेम्बरले उल्लेख गरेको छ । आन्तरिक राजश्व विभागको निर्णय सच्याउन समेत चेम्बरले आग्रह गरेको छ  ।  

चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आयकर ऐन २०५८ को दफा ९८(१)मा आय विवरण दाखिला गर्ने म्याद थप गर्ने सम्बन्धमा ‘दफा ९६ बमोजिम आय विवरण दाखिला गर्नुपर्ने कुनै व्यक्तिले त्यस्तो विवरण दाखिला गर्ने म्याद भित्र विभाग समक्ष थप म्यादको लागि लिखित निवेदन दिएमा मनासिव माफिकको कारण भएमा विभागले आय विवरण दाखिला गर्नुपर्ने म्याद थप गरिदिन सक्नेछ । यसरी म्याद थप का लागि दिएको निवेदन सम्बन्धमा विभागले गरेको निर्णयको जानकारी निवेदकलाई लिखित रुपमा दिनु पर्नेछ भन्ने कुरा उल्लेखित हुँदाहुँदै विभागले सूचना जारी गरी विगतमा दिएको म्याद थपको सुविधाहरु कटौति गरेकोमा उद्योगी व्यवसायीहरु मर्कामा पर्ने व्यहोरा अनुरोध छ, ।’

CG Motors
Garima Development Bank
IME remit

शिथिल रहेको अर्थतन्त्रलाई पुनःजागरण गराई राजश्वका श्रोतहरु बढाउनुपर्नेमा विभागको पछिल्लो निर्णय आन्तरिक राजश्व नीतिको प्रतिकुल रहेको चेम्बेरको ठहर छ ।  

सानो र ठूला कारोबारीहरुबीच हिसाब मिलान गर्नुपर्ने अवस्था समेत रहेको परिपे्रक्ष्यमा विभागको सप्mटवेयर क्षमता अभिवृद्धि गर्नु पर्ने र विगतमा झै आय विवरण दाखिलाको समय साविक बमोजिम गर्र्नेे व्यवस्थाको लागि पनि नेपाल चेम्बर अफ कमर्सले आन्तरिक राजश्व विभागको ध्यानाकर्षण गराएको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.