बिहीबार, श्रावण १४,२०८३ 01:15:43
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 01:15:43
Bizshala
Global IME Bank Limited

सिद्धार्थ बैंकले ल्यायो ‘दशैं २ गुणा रिवार्ड अफर’

सिद्धार्थ बैंकले ल्यायो ‘दशैं २ गुणा रिवार्ड अफर’
New Office

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले दशैंको उपलक्ष्यमा आफ्ना ग्राहकहरूको लागि विशेष योजना ल्याएको छ । बैंकले ल्याएको दशैं २ गुणा रिवार्ड अफरअन्तर्गत बैंकका ग्राहकहरुले असोज ११ देखि ३० गतेसम्म गरिएको कार्ड वा मोबाइल बैंकिङ कारोबारमा २ गुणा बढि प्वइन्ट प्राप्त गर्न सक्नेछन् ।

बैंकले सञ्चालनमा ल्याएको सिद्धार्थ रिवार्डस कार्यक्रमअन्तर्गत ग्राहकहरुले सिद्धार्थ बैंकको कार्ड प्रयोग गरी गरेको खरिद (POS tyf E-commerce) र मोबाइल बैकिङबाट गरेकोे टपअपको आधारमा रिवार्डमा सामान्यतःप्राप्त हुने प्वईन्टको दोब्बर प्वइन्ट प्राप्त गर्न सक्नेछन् । 

यसरी आर्जन भएको प्वइन्टलाई हवाई टिकट, होटल, पसल, उपहार कार्ड, बीमा तथा इन्टरनेट बिल पेमेन्ट आदि जस्ता विभिन्न सेवाहरु लिन भुक्तानीका लागि नगदको सट्टा प्रयोग गर्न सकिनेछ ।  

यस योजनाले ग्राहकहरूको डिजिटल बैंकिङ कारोबारलाई प्रोत्साहन गर्नुका साथै बैंकले आफ्नो डिजिटल रूपान्तरणको यात्रालाई पनि थप गति दिने बैंकले जनाएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.