बिहीबार, असार ११,२०८३ 01:15:15
Bizshala
  • बिहीबार, असार ११,२०८३ 01:15:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

दशैंमा घर जान झण्डै ३० हजार यात्रुले लिए अग्रिम टिकट

Laxmi Sunrise Bank Limited
दशैंमा घर जान झण्डै ३० हजार यात्रुले लिए अग्रिम टिकट

काठमाण्डौ । दशैं तिहार तथा छठ मनाउन घर जानका लागि २ दिनमा झण्डै ३० हजार यात्रुले अग्रिम टिकट लिएका छन् । नयाँ बसपार्कबाट २ दिनमा २९ हजार ९५५ यात्रुले बसको अग्रिम टिकट काटेका हुन् ।  

यातायात व्यवस्था विभाग, काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको बैठकले गतअसोज १२ गतेदेखि चाडपर्वका लागि अग्रिम टिकट बुकिङ खुला गरेको थियो ।  

New Office
CG Motors
Garima Development Bank

अग्रिम बुकिङ खुलेको पहिलो दिन १८ हजार ३६५ र असोज १३ गते ११ हजार ५९० टिकट बिक्री भएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सरकारले सुदूरपश्चिमको दार्चुला, धनगढी, टीकापुर, बझाङ, बाजुरा, प्यूठान, रुकुम, रोल्पालगायतका स्थान तथा पूर्वको काँकडभिट्टा, भद्रपुर, तेह्रथुम, खाँदबारी, ताप्लेजुङ, भोजपुर, इलाम, पशुपतिनगर, धरान, विराटनगरलगायतका स्थानमा जाने यात्रुलाई अग्रिम टिकट दिन सुरु गरेको हो । पृथ्वी राजमार्गअन्तर्गत गोरखा, पोखरा, लमजुङ, बागलुङ, म्याग्दी, स्याङ्जा, नुवाकोट, रसुवालगायतका छोटो दूरीमा जाने सवारीसाधनको टिकट भने चाँडै खुला गर्ने सरकारको तयारी छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.