काठमाण्डौ । दशैं तिहार तथा छठ मनाउन घर जानका लागि २ दिनमा झण्डै ३० हजार यात्रुले अग्रिम टिकट लिएका छन् । नयाँ बसपार्कबाट २ दिनमा २९ हजार ९५५ यात्रुले बसको अग्रिम टिकट काटेका हुन् ।
यातायात व्यवस्था विभाग, काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको बैठकले गतअसोज १२ गतेदेखि चाडपर्वका लागि अग्रिम टिकट बुकिङ खुला गरेको थियो ।
अग्रिम बुकिङ खुलेको पहिलो दिन १८ हजार ३६५ र असोज १३ गते ११ हजार ५९० टिकट बिक्री भएको छ ।
सरकारले सुदूरपश्चिमको दार्चुला, धनगढी, टीकापुर, बझाङ, बाजुरा, प्यूठान, रुकुम, रोल्पालगायतका स्थान तथा पूर्वको काँकडभिट्टा, भद्रपुर, तेह्रथुम, खाँदबारी, ताप्लेजुङ, भोजपुर, इलाम, पशुपतिनगर, धरान, विराटनगरलगायतका स्थानमा जाने यात्रुलाई अग्रिम टिकट दिन सुरु गरेको हो । पृथ्वी राजमार्गअन्तर्गत गोरखा, पोखरा, लमजुङ, बागलुङ, म्याग्दी, स्याङ्जा, नुवाकोट, रसुवालगायतका छोटो दूरीमा जाने सवारीसाधनको टिकट भने चाँडै खुला गर्ने सरकारको तयारी छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                