काठमाण्डौ । सरकारले चालू आर्थिक वर्षको बजेटको आकार घटाएको छ । अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा गर्दै बजेटको आकार २ खर्ब २० अर्ब रुपैयाँले घटाएको हो ।
यससँगै बजेटको बजेटको आकार १५ खर्ब ३० अर्ब कायम भएको छ ।
अर्थ मन्त्रालयले चालू आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँबराबरको बजेट ल्याएको थियो ।