काठमाण्डौ । एप्पलले निकटतम प्रतिष्पर्धि सामसुङलाई टक्कर दिन सन् २०२६ सम्म कनेक्टेड रिङ लञ्च गर्ने तयारी गरेको छ ।
कम्पनीले आफ्नो हेल्थ प्रडक्टसम्बन्धी नयाँ प्रडक्टको रुपमा कनेक्टेड रिङ ल्याउने तयारी गरेको जनाएको छ । रिङको आकार सबै ग्राहकलाई एक समान नहुने भएकाले अन्य विद्युतीय वस्तुहरुको तुलनामा रिङको खुद्रा बिक्री कठिन रहेको छ ।
एप्पलले हाल एप्पल वाच र आईपड प्रो २ हेडफोन जस्ता हेल्थ प्रडक्टहरु बिक्री गरिरहेको छ । कनेक्टेड रिङमा स्मार्ट वाच जस्तै विभिन्न सेन्सरहरु जडान भएको हुन्छ । रिङमा मुटुको चाल नाप्ने जस्ता फिचर्सहरु समावेश हुन्छ ।
यो वर्ष सामसुङले ग्यालेक्सी रिङ लञ्च गरेको थियो । एप्पलले पनि कम्पनीको इको प्रणालीसँग जोडिएका ग्राहकहरुलाई कायम राख्न सामसुङ जस्तै रणनिती अपनाउन लागेको छ ।