काठमाण्डौ । दशैं मनाउनका लागि ५ लाख बढीले राजधानी छाडेका छन् । काठमाण्डौ ट्राफिक कार्यालयका अनुसार घटनास्थापनदेखि हालमम्म ५ लाख ६ हजारले सडक यातायातमार्फत काठमाण्डौ छाडेका छन् ।
ट्राफिक प्रहरीले दशैंको यात्रुहरुलाई सहजता प्रदान गर्न यात्रु सहायता कक्ष सञ्चालन समेत गरेको छ ।
यस्तै ट्राफिक प्रहरीले बढी मूल्यमा टिकट बिक्री गर्ने, टिकटको कालोबजारी गर्ने र यात्रुलाई अनावश्यक सास्ती दिनेलाई कारवाही समेत गरिरहेको छ ।
दशैंमा घर जानका लागि यात्रुहरु बिहानैदेखि बसपार्क क्षेत्रमा लाइने लाग्ने गरेका छन् । बसेको टिकट सर्किपछि अतिरिक्त बसमा यात्रा गर्न यात्रुहरु बिहानैदेखि काउन्टरमा आउने गरेका छन् । यो वर्ष बाढीपहिरोका कारण सडक यातायात प्रभावित बन्दा हवाई यात्रा गर्नेको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।