काठमाण्डौ । यदि तौल कम गर्न चाहनुहुन्छ भने थोरै खानुस् अनि धेरै व्यायाम गर्नुस् । पैसाको मामिलामा पनि यस्तो नियम लागू हुन्छ। खर्च कम गर्नुहोस् र धेरै बचत गर्नुहोस्। यो नियमले तपाइँको वित्तीय स्वास्थ्य दरिलो बन्छ।
तपाइँ जागिरदार हुनुहुन्छ। भविष्यमा राम्रै बैंक ब्यालेन्स तयार चाहनुहुन्छ। अनि अवकाशपछि जीवनयापन सहज र अन्य आर्थिक लक्ष्य पाउन चाहनुहुन्छ भने जति छिटो हुन सक्छ बचत गर्ने बानी बसाल्नुहोस्। जति छिटो तपाइँले बचतको बानी विकास गर्नुहुन्छ, त्यति नै छिटो ठूलो धनराशि जम्मा गर्न सक्नुहुन्छ।
यो लक्ष्य प्राप्ति एउटा सहज उपाय हो, चक्रवृद्धि ब्याज नियम। यो नियमलाई बुझ्न आवश्यक हुन्छ। यो नियम के हो र यसले कसरी काम गर्छ भन्ने कुरा बुझ्नुपर्छ।
डबल हुन्छ लगानी
यो नियमले केवल ७ वर्षमै तपाइँको पैसा डबल हुन सक्छ। तर तपाइँले लगातार बचत गर्दै जानुपर्छ। बाँकी काम यो चक्रवृद्धि ब्याज नियमले समयअनुसार गर्दै जानेछ।
चक्रवृद्धि ब्याजको फाइदा दीर्घकालमा देख्न पाइन्छ। लामो वअधिमा तपाइँले ठूलै धनराशि जम्मा गर्न सक्नुहुन्छ।
चक्रवृद्धि ब्याज नियमले कसरी काम गर्छ ?
उदाहरणका लागि तपाइँले नियमित रुपमा कतै (बैंक तथा वित्तीय संस्था वा अनि लगानीको क्षेत्र) वार्षिक १०० रुपैयाँ जम्मा गर्नुहुन्छ। त्यसको वार्षिक ब्याजदर १० प्रतिशत पाउनुहुन्छ। अब एक वर्षपछि तपाइँ हुनेछ ११० रुपैयाँ। अर्को वर्ष चक्रवृद्धिकै कारण तपाइँ ११० रुपैयाँ फेरि १० प्रतिशतले बढेर १२१ रुपैयाँ हुन्छ। अनि फेरि अर्को वर्ष १२१ रुपैयाँमा १० प्रतिशत जोड्दा तपाइँले पाउनुहुनेछ १३३ रुपैयाँ बढी। यो हिसाबले तपाइँको पैसा बढ्दै जाँदा ७ वर्ष २ महिना तपाइँको पैसा डबल हुन्छ।
पैसा डबल कसरी हुन्छ ?
तपाइँले बचत गर्नुभएको पैसा डबल कसरी हुन्छ भन्ने थाहा पाउन निकै सजिलो छ। यो चक्रवृद्धि ब्याज नियमलाई रुल ७२ पनि भनिन्छ। वित्तीय क्षेत्रमा यो नियम निकै प्रचलनमा छ। रुल ७२ का माध्यमबाट तपाइँ आफ्नो पैसा कहिले डबल हुन्छ भन्ने कुरा सजिलै थाहा पाउन सक्नुहुन्छ। यसका लागि यो सूत्र प्रयोग गर्नुपर्छ –
उदाहरणका लागि यदि तपाइँले नियमित रुपमा वार्षिक १०० रुपैयाँ लगानी ९बैंक तथा वित्तीय संस्थामा बचत० गर्नुहुन्छ। त्यहाँबाट तपाइँलाई वार्षिक १० प्रतिशत ब्याज दिइन्छ। तब रुल ७२ अनुसार यो लगानी डबल हुन केवल ७ वर्ष २ महिना लाग्छ।
यो कसरी ?
सजिलो तरिका भनेको ७२ अंकलाई तपाइँले पाउने ब्याजदर (१०) ले भाग गर्नुहोस्। भाग गर्दा ७.२ आउँछ। यसको मतलब ७ वर्ष २ महिना।
यदि १२ प्रतिशत ब्याज पाउनुहुन्छ भने ७२ लाई १२ ले भाग गर्नुहोस्। यसको मतलब ६ वर्षमा तपाइँको पैसा डबल हुन्छ। – एजेन्सी

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                