काठमाण्डौ । कुमारी बैंकले ‘कुमारी गज्जब बचत खाता’ योजना सार्वजनिक गरेको छ । बचत खातामा उच्च ब्याजदरका साथै स्वास्थ्य बीमा सुविधा सहितकोे परिमार्जित सुविधा सहित बेंकले यो बचत खाता योजना ल्याएको जनाएको छ ।
न्युनतम मौज्दातरु. १ हजार रहेको यस खातामा बैंकले उच्च ब्याजदर वार्षिक ६.०१% प्रदान गर्नुका साथै रु. २० हजार सम्मको स्वास्थ्य बीमा सुविधा,निःशुल्क डेबिट कार्डसमेत उपलब्ध गराउने छ ।
बीमा योजनामा १६ देखि ६५ वर्ष उमेर समुहका खातावालले रु. २० हजारसम्मको स्वास्थ्य बीमा प्राप्त गर्न सक्नेछन् । यस योजनाको बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ ।
बैंकले बचत परिचालन तथा स्वास्थ्य बीमा सुविधालाई एउटै योजनामा आवद्घगरी आफ्ना ग्राहकहरु माझ प्रस्तुत गरेको जनाएको छ ।
बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ६५ शाखा रहित बैंकिङ्ग ईकाईहरुमार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।