बुधबार, चैत्र २०,२०८१ 12:51:00
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:51:00
IME remit
Global IME Bank Limited

लगानी मात्र ४० हजार, आम्दानी तीन महिनामै ६ लाख !

Hyundai Nepal
लगानी मात्र ४० हजार, आम्दानी तीन महिनामै ६ लाख !
Nabil Bank Limited

काठमाण्डौ । कम समय र कम लागतमा राम्रो आम्दानीको विकल्पको खोजीमा रहेकाहरुका लागि मेडिसनल प्लान्ट ९औषधीय गुण भएका वनस्पति०को खेती तथा व्यापार निकै लाभदायक हुन्छ । यस्ता प्लान्टको खेतीका लागि न त ठूलो फर्मको आवश्यकता पर्छ, न त ठूलो लगानी नै आवश्यक पर्छ । यी वनस्पतिहरुको खेती तपाईले लिजमा जमीन लिएर समेत गर्न सक्नुुहुन्छ । अधिकांश औषधीजन्य वनस्पति ३ देखि ६ महिनाभित्र तयार हुन्छ । यसपछि यी वनस्पतिबाट लगातार आम्दानी हुुन्छ । यदि तपाईले तुलसीको खेती गर्नुहुन्छ भने २० देखि ४० हजारसम्मको लगानीमा तपाईले केबल ३ महिनामा ४ देखि ६ लाख रुपैयाँसम्म आम्दानी गर्न सक्नुुहुन्छ ।  

३ महिनामै तयार हुन्छ तुलसी

तुलसीलाई हिन्दूहरुले विशेष गरी धार्मिक दृष्टिकोणले महत्वपूर्ण ठान्छन् । तुलसीको पूजा गर्नु, मानिस मरेलगत्तै तुलसीको मोठमा लगेर शवलाई राख्नु लगायतले समेत यो वनस्पति कति महत्वपूर्ण छ भन्ने देखिन्छ । धार्मिक मान्यता अनुसार तुलसीको जति महत्व छ, यसको औषधीय गुणका कारण बजारमा अझ ठूलो महत्व र डिमाण्ड छ । लामो समयदेखि धेरै औषधि उद्योगहरुले तुलसीबाट उत्पादन हुने तेललाई विभिन्न औषधीहरुको निर्माणमा प्रयोग गरिरहेका छन् । तुलसीको खेती चैत वा बैशाखबाट सुरु गर्न सकिन्छ । यसको खेती बिज वा हाँगालाई कलमी गरेर समेत गर्न सकिन्छ । एक हेक्टरमा यसको खेतीका लागि लगभग १० किलोग्राम जति बिउको आवश्यकता पर्छ । तुलसीको बोट निकै कठोर हुन्छ, जसका कारण सानातिना रोगले यो वनस्पतिलाई छुन सक्दैन । रोपेको ८० देखि ९० दिनसम्म तुलसी बिक्रीका लागि तयार हुन्छ ।  

Shivam Cement
Bizshala
CG Motors

२० देखि ४० हजारसम्म मात्र लगानी

एक अध्ययन अनुसार तुलसीको खेती २० देखि ४० हजार रुपैयाँसम्म गर्न सकिन्छ । यो बजेटमा केही घटबढ ठाउँ र सिंचाई तथा अन्य बिषयको सहजताको हिसाबले पनि हुनसक्छ । तुलसीको राम्रो बिउ नेपाल र भारतका विभिन्न बजारहरुमा पाइन्छ । रोग तथा किराहरुको कम आक्रमण हुने भनी पहिचान भएको तुलसीको प्रजातिको खेती गर्न सकियो भने अझ बढी फाइदा हुन्छ । थोरै खर्च र छोटो अवधिमा तुलसीको खेतीबाट धेरै राम्रो आम्दानी हुने जानकार बताउँछन् ।  

४ देखि ६ लाखसम्म आम्दानी

तुलसीको खेतीबाट दुुई प्रकारका उत्पादन गर्न सकिन्छ । पहिलो बिउ र दोश्रो पात । यसको बिज उत्पादन गरेर समेत बिक्री गर्न सकिन्छ भने पातबाट तेल निकालेर राम्रो कमाई गर्न सकिन्छ । एक हेक्टर क्षेत्रफलबाट लगभग १२० देखि १५० किलोग्रामसम्म तुलसीको बिउ उत्पादन गर्न सकिन्छ । राम्रो बाली छ भने एक हेक्टर क्षेत्रफलबाट १७० देखि २ सय किलोग्रामसम्म पातबाट तेल निकाल्न सकिन्छ । तुलसीको बिउ प्रतिकिलो ४ सय रुपैयाँसम्म बिक्री हुन्छ । यस्तै, तेलको मूल्य अहिलेको समयमा प्रति किलोग्राम १३ सयसम्म रहेको छ । यदि थोरै मात्र आम्दानी भयो भने पनि एक हेक्टरबाट ३ महिनामै ४ देखि ६ लाख रुपैयाँ आम्दानी गर्न सकिन्छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यी वनस्पतिको पनि उच्च डिमाण्ड

चीनपछि  भारत दोश्रो देश हो, जहाँ जडीबुटीको बिषयमा निधै धेरै रिसर्च हुन्छ । यहाँको बजार समेत निकै ठूलो छ । छिमेकी देशको यो बजारलाई टार्गेट गरेर औषधीजन्य वनस्पतिहरुको खेती गर्न सकिए अझ फाइदा लिन सकिन्छ । नेपालकै औषधी उद्योगहरुलाई आपूर्ति गर्ने हिसाबले समेत तुलसी लगायतका औषधीय गुण भएका वनस्पतिहरुको खेती गर्न सकिन्छ । तुलसीजस्ता अन्य वनस्पतिहरुको समेत उच्च माग रहेको छ । जस्तो, आर्टिमिशिया एन्नुुआको पनि उच्च डिमाण्ड छ, यो वनस्पतिबाट चाहि मलेरियाको औषधि बनाइन्छ । यो यस्तो मेडिकल प्लान्ट हो जुन भारत र चीन बाहेक नेपालमा समेत पाइन्छ । यस बाहेक अन्य मेडिसिनल प्लान्ट जस्तै, अश्वगन्धा, एलोभेरा, हर्दी (बेसार) लगायतको समेत खेतीबाट राम्रो आम्दानी प्राप्त गर्न सकिन्छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.