मंगलवार, कार्तिक ३,२०८३ 05:33:37
  • मंगलवार, कार्तिक ३,२०८३ 05:33:37
Global IME Bank Limited

१० हजारको लगानी यसरी बन्छ ५० लाख !

Bizshala
१० हजारको लगानी यसरी बन्छ ५० लाख  !
New Office

काठमाण्डौ । भनिन्छ कि तलबको तुलनामा खर्च ज्यादै तीव्र गतिले बढिरहेको हुन्छ । तर, मानिसले आफ्नो तलबलाई सही तरिकाले उपयोग गर्ने हो भने त्यो व्यक्तिको तलब बराबरको अलग्गै आम्दानी तयार हुन्छ । तर यसका लागि तपाईले खर्च र लगानीको निकै राम्रो योजना बनाउनुपर्ने हुन्छ र केही वर्ष प्रतिक्षा गर्नुपर्ने हुन्छ ।  

तपाई यदि यो लक्ष्य चाँडो हासिल होस् भन्ने चाहनुुहुन्छ भने आफ्नो हरेक महिनाको तलबबाट निश्चित रकम लगानीका लागि छुट्याउनुपर्ने हुन्छ । यदि तपाई कम लगानी गर्न चाहनुहुन्छ भने तपाईको लक्ष्य पूरा हुन केही लामो समय लाग्न सक्छ ।  

कति समयमा प्राप्त होला लक्ष्य ?

यदि तपाईको तलब मासिक ५० हजार रुपैयाँ छ भने तपाईले प्रत्येक महिना १० हजार लगानी गरेर आफ्नो लक्ष्य प्राप्त गर्न सक्नुहुन्छ । मासिक १० हजारको दरले यदि १५ वर्षसम्म लगातार लगानी गर्नुभयो भने तपाईको साथमा ५० लाख रुपैयाँ हुनेछ । तपाईले चाहनुुभयो भने दुुई प्रकारले लगानीको योजना बनाउन सक्नुहुुन्छ । यदि तपाईको तलब ५० हजार भन्दा कम वा धेरै छ भने जरुरतको हिसाबले मासिक कतिसम्म लगानी गर्न सकिन्छ भन्ने कुरा तय गरेर योजना बनाउन सक्नुहुन्छ । यस्तो योजना २ प्रकारले बनाउन सकिन्छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

१० हजारको लगानी यसरी बन्छ ५० लाख

म्युचुअल फण्ड लगानीमा सबैभन्दा राम्रो रिटर्न दिने विकल्प हो । यहाँ ५ देखि १० वर्षको हिसाबले हेर्ने हो भने २० प्रतिशतको हाराहारीमा रिटर्न प्राप्त हुन्छ । तर, १२ प्रतिशतकै हिसाबले रिटर्न हुने अपेक्षा मात्र राख्ने हो भने पनि मासिक १० हजारको लगानी ५० लाख हुनेछ ।  

त्यसपछि त्यही ५० लाखलाई पुनः लगानी गरी कुस्त कमाउन सकिन्छ । म्युुचुुअल फण्डमा लगानीको एउटा विकल्प लाभांश पनि हुन्छ । राम्रो खालको म्युचुअल फण्डमा हरेक वर्ष आरामले १२ प्रतिशतसम्मको रिटर्न पाउन सकिन्छ । यस्तो म्युचुअल फण्डमा ५० लाख हाल्ने हो भने वार्षिक ६ लाख रुपैयाँ आरामले कमाउन सकिन्छ । यो हिसाबले मासिक १० हजारको लगानी १५ वर्षपछि ५० लाखको हुन्छ र त्यो ५० लाखले मासिक ५० हजार आनन्दले आम्दानी दिन्छ । अहिलेकै अवस्थामा हेर्दा मुद्धती खातामा समेत राम्रो रिटर्न प्राप्त हुने देखिन्छ ।  

५ वर्षमै लक्ष्य प्राप्ति

यदि तपाईलाई १५ वर्षसम्म मासिक १० हजारको दरले लगानी गर्नु अप्ठ्यारो लाग्छ भने त्यसलाई घटाएर तपाईले ५ वर्षको योजना समेत बनाउन सक्नुुहुन्छ । यो योजनामा तपाईले ५ वर्षसम्म मासिक १० हजार रुपैयाँको दरले लगानी गर्नुपर्ने हुन्छ । त्यसपछिको लगानी ५ वर्षसम्मको लगानी र त्यसबाट प्राप्त हुने रिटर्नले नै दिन थाल्छ । यस्तो गर्दा लक्ष्य १५ को साटो २० वर्षमा प्राप्त हुन्छ । ५ वर्षसम्म जम्मा भएको रकमले नै बाँकी बर्ष तपाईले जम्मा गर्ने रकम जोहो गरिदिन्छ ।  

म्युचुअल फण्डमा लगानी गर्दा रिटर्न १२ प्रतिशतको भयो भने ५ सालमा मासिक १० हजारको लगानी बढेर ८ लाख ५० हजार हुन जान्छ । त्यसपछि यही रकमलाई राम्रो म्युुचुुअल फण्डमा लगानी गर्नुहोस् । त्यस्तो म्युचुअल फण्डबाट वार्षिक १ लाखको हाराहारीमा तपाईलाई लाभांश प्राप्त हुन्छ । यो हिसाबले तपाईले ५ वर्षपछिको अवधिमा मासिक ८ हजार ५ सयको दरले मासिक लगानी गर्न सक्नुहुन्छ ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

अगाडिका लागि यसरी बनाउनुुहोस् योजना

कुनै पनि राम्रो म्युचुअल फण्डमा मासिक ८ हजार ५ सय रुपैयाँको लगानी नियमित रुपमा गर्नुहोस् । १२ प्रतिशत रिटर्नको हिसाबले अघिल्लो १५ वर्षभित्र यो बढेर ४२ लाख ५० हजार हुनेछ । यसरी ८ हजार ५ सय दरको लगानीबाट १५ वर्षपछि तपाईसँग ४२ लाख ५० हजार रुपैयाँ रकम हुनेछ । त्यसअघिको ८ लाख ५० हजार समेत त्यसमा थप्दा तपाईले २० वर्षमा ५१ लाख कमाउन सक्नुहुन्छ ।  

त्यसपछि प्रत्येक वर्ष लाभांश पाउने म्युचुअल फण्डको विकल्पमा त्यो ५० लाख एकमुष्ट लगानी गर्नुहोस् । यसले तपाईलाई १२ प्रतिशतको दरले नै रिटर्न दियो भने पनि मासिक ५० हजार आनन्दले कमाउन सक्नुहुन्छ, तपाईको सावा पनि डूब्दैन ।  

जानकारहरुका अनुसार लामो समयका लागि म्युुचुुअल फण्डमा गरिएको लगानीले राम्रो रिटर्न दिनसक्छ । यसकारण समेत आम मानिसले केही न केही लगानी म्युचुअल फण्डमा गर्नुपर्छ । आम रुपमा म्युचुअल फण्डले राम्रो रिटर्न दिन्छ, तर सेयर बजारमा हुने उतारचढावले यसको रिटर्न पनि तलमाथि हुनसक्छ, यस्तो बेलामा अत्तालिनुु पर्दैन । आफूले लगानी गर्नुभन्दा अगाडि कम्पनीको बिषयमा राम्रो अध्ययन गर्नुपर्छ र आफूले जानिएन भने राम्रो विज्ञको समेत समल्लाह लिन सकिन्छ ।  

एजेन्सीहरुको सहयोगमा

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.