काठमाण्डौ । लजगा ह्यान्डिक्राफ्टले चावहिलको मैजुबहालमा आफ्नो नयाँ शोरूमको उद्घाटन गरेको छ । वसन्त पञ्चमीको अवसरमा लजगा ह्यान्डिक्राफ्टले उक्त शोरूमको उद्घाटन गरेको हो ।
उद्घाटन समारोहमा काठमाण्डौ उपत्यकाको प्राचीन संस्कृति, जीवनशैली र इतिहासको अनौठो चित्रणका लागि परिचित नेपालका चर्चित वरिष्ठ कलाकार हरिप्रसाद शर्माको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै शर्माले लजगा हस्तकलाका सृजनाहरूले सम्पदालाई हाइलाइट गर्दै लैजाने विश्वास व्यक्त गरे । सो कार्यक्रममा बोल्दै लजगा हस्तकलाकी
शोरुममा उपलब्ध गरगहना र हस्तशिल्पको उत्कृष्ट संग्रहले कलाप्रेमी र फेसनका जानकारहरूलाई एकै किसिमले मोहित पार्ने लजगा ह्यान्डिक्राफ्टले अपेक्षा गरेको छ ।