आईतवार, बैशाख ६,२०८३ 06:17:32
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 06:17:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

भरतपुरको गीतानगरमा कृषि विकास बैंकको २७१ औं शाखा

Bizshala
भरतपुरको गीतानगरमा कृषि विकास बैंकको २७१ औं शाखा
Shivam Cement

काठमाण्डौ । कृषि विकास बैंकले भरतपुर महानगरपालिका वडानम्बर ६ गीतानगर बजारमा नयाँ शाखाको विधिवत उद्घाटन गरी सञ्चालनमा ल्याएको छ ।  

गाउँघरमा सहज बैकिङ्ग सेवा दिने लक्ष्यका साथ मंसिर १ गते आयोजक एक कार्यक्रममा बैंकका सञ्चालक समिति सदस्य सञ्जिव पौडेलले दीप प्रज्वलन र रिबन काटेर गीतानगर शाखाको नयाँ कार्यालय उद्धघाटन गरेका हुन् । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

सो कार्यक्रमको कार्यक्रमको बैकका कार्यकारी अधिकृत गोविन्द गुरुङले अध्यक्षता ग्रहण गरेका थिए ।  

‘साझा समृद्धिका लागि सबैको रोजाई बैक’ भन्ने दूरदृष्टिका साथ बैकको २ सय ७१ औं र चितवन जिल्लाको १० औं शाखाको रुपमा गीतानगर शाखा उद्धघाटन गरेको बैकका कार्यकारी अधिकृत गोविन्द गुरुङले जानकारी दिए ।  

बैंकबाट सुनदेखि नुनसम्म, हलोदेखि हाईड्रोसम्ममा लगानी भईरहेको र हाल वित्त बजारमा उपलब्ध सम्पूर्ण अत्याधुनिक बैंकिङ्ग सुविधाहरुको उपलब्धता यस बैकसँग रहेकोले सेवा लिन गुरुङले आह्वान गरे ।  

शाखा उद्घाटन गरिएको यो क्षेत्र कृषिका लागि प्रचूर सम्भावना बोकेको क्षेत्र भएकोले सहुलियतपूर्ण कर्जाको उपयोग गरी व्यवसायिक कृषितिर लाग्न सर्वसाधारणलाई बैंक सञ्चालक समिति सदस्य पौडेलले आग्रह गरे । 

CG Motors
Garima Development Bank
IME remit

बैंकका करिब पाँचलाख मोवाईल बैंकिङ सेवा प्रयोगकर्ताहरुको कारोबारको सुरक्षा तथा थप सेवा उपयोग गर्न सरल र सहज हुने हिसाबले आकर्षक इन्टरफेससहित मोवाईल बैंकिङको नयाँ भर्सन एडीबीएल स्मार्ट प्लस जारी गरी सेवा दिइरहेको प्रमुख कार्यकारी अधिकृत गुरुङले बताएका थिए ।  

उद्धघाटन कार्यक्रममा बैंकको गीतानगर शाखामा पहिलो खाता खोल्ने सन्तोष लामिछानेलाई चेक बुक क्यूआर कोर्ड, पहिलो कर्जाग्राही विष्णुमाया गौतम र चाँदनी खरेल लगायतलाई बैंकको तर्फबाट फूलमालासहित सम्मान गरिएको बैकका गीतानगर शाखा प्रबन्धक सागरप्रसाद शर्माले जानकारी दिए ।  

कार्यक्रममा स्थानीय लब्धप्रतिष्ठितहरुको पनि सहभागिता थियो ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.