बिहीबार, चैत्र २१,२०८१ 04:30:55
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 04:30:55
IME remit
Global IME Bank Limited

भरतपुरको गीतानगरमा कृषि विकास बैंकको २७१ औं शाखा

Hyundai Nepal
भरतपुरको गीतानगरमा कृषि विकास बैंकको २७१ औं शाखा
Nabil Bank Limited

काठमाण्डौ । कृषि विकास बैंकले भरतपुर महानगरपालिका वडानम्बर ६ गीतानगर बजारमा नयाँ शाखाको विधिवत उद्घाटन गरी सञ्चालनमा ल्याएको छ ।  

गाउँघरमा सहज बैकिङ्ग सेवा दिने लक्ष्यका साथ मंसिर १ गते आयोजक एक कार्यक्रममा बैंकका सञ्चालक समिति सदस्य सञ्जिव पौडेलले दीप प्रज्वलन र रिबन काटेर गीतानगर शाखाको नयाँ कार्यालय उद्धघाटन गरेका हुन् । 

Shivam Cement
Bizshala
CG Motors

सो कार्यक्रमको कार्यक्रमको बैकका कार्यकारी अधिकृत गोविन्द गुरुङले अध्यक्षता ग्रहण गरेका थिए ।  

‘साझा समृद्धिका लागि सबैको रोजाई बैक’ भन्ने दूरदृष्टिका साथ बैकको २ सय ७१ औं र चितवन जिल्लाको १० औं शाखाको रुपमा गीतानगर शाखा उद्धघाटन गरेको बैकका कार्यकारी अधिकृत गोविन्द गुरुङले जानकारी दिए ।  

बैंकबाट सुनदेखि नुनसम्म, हलोदेखि हाईड्रोसम्ममा लगानी भईरहेको र हाल वित्त बजारमा उपलब्ध सम्पूर्ण अत्याधुनिक बैंकिङ्ग सुविधाहरुको उपलब्धता यस बैकसँग रहेकोले सेवा लिन गुरुङले आह्वान गरे ।  

शाखा उद्घाटन गरिएको यो क्षेत्र कृषिका लागि प्रचूर सम्भावना बोकेको क्षेत्र भएकोले सहुलियतपूर्ण कर्जाको उपयोग गरी व्यवसायिक कृषितिर लाग्न सर्वसाधारणलाई बैंक सञ्चालक समिति सदस्य पौडेलले आग्रह गरे । 

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बैंकका करिब पाँचलाख मोवाईल बैंकिङ सेवा प्रयोगकर्ताहरुको कारोबारको सुरक्षा तथा थप सेवा उपयोग गर्न सरल र सहज हुने हिसाबले आकर्षक इन्टरफेससहित मोवाईल बैंकिङको नयाँ भर्सन एडीबीएल स्मार्ट प्लस जारी गरी सेवा दिइरहेको प्रमुख कार्यकारी अधिकृत गुरुङले बताएका थिए ।  

उद्धघाटन कार्यक्रममा बैंकको गीतानगर शाखामा पहिलो खाता खोल्ने सन्तोष लामिछानेलाई चेक बुक क्यूआर कोर्ड, पहिलो कर्जाग्राही विष्णुमाया गौतम र चाँदनी खरेल लगायतलाई बैंकको तर्फबाट फूलमालासहित सम्मान गरिएको बैकका गीतानगर शाखा प्रबन्धक सागरप्रसाद शर्माले जानकारी दिए ।  

कार्यक्रममा स्थानीय लब्धप्रतिष्ठितहरुको पनि सहभागिता थियो ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.