बुधबार, भाद्र ३,२०८३ 08:48:13
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 08:48:13
Bizshala
Global IME Bank Limited

कर प्रणालीलाई लगानीमैत्री बनाउनुपर्नेमा चेम्बरको जोड

कर प्रणालीलाई लगानीमैत्री बनाउनुपर्नेमा चेम्बरको जोड
New Office

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले राजश्व नीति र कर प्रणालीबारे वृहत अन्तरक्रिया सम्पन्न गरेको छ । काठमाण्डौको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा आन्तरिक राजश्व विभाग, निजी क्षेत्रका प्रतिनिधी लगायत सरोकारवाला निकायलाई बोलाएर चेम्बरले कर प्रणालीमा देखिएका चुनौती र सम्वोधन गर्नुपर्ने विषयबारे वृहत अन्तरक्रिया गरेको हो ।  

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपालको कर प्रणालीलाई लगानीसँग जोड्नुपर्ने बताए । उनले भने, ‘कर प्रशासन र कर नीति सहज र सरल भयो भने लगानीमैत्री वातावरण बन्छ, लगानी वृद्धि भएर निजी क्षेत्रले नाफा कमाए मात्रै कर वृद्धि गर्न सकिन्छ, । ’

Bizshala
CG Motors

मुलुकमा पूँजी निर्माण भएर रोजगारी सिर्जना, उत्पादन वृद्धि हुनेगरी सरल र सहज नीति बनाउनुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिए । अध्यक्ष अग्रवालले भने, ‘कृषकलाई खेती उब्जनीमा जसरी मल बिउको आवश्यकता पर्दछ , त्यसैगरी निजी क्षेत्रलाई सरल र स्थिर नीति चाहिन्छ। ’

अर्थतन्त्रमा झण्डै ८१ प्रतिशत हिस्सा ओगट्ने निजी क्षेत्रलाई सहजीकरण र स्थिर नीतिगत व्यवस्था गरे दिगो अर्थतन्त्रको विकास र राजश्व संकलनको लक्ष्य पुरा गर्न समस्या नहुने अध्यक्ष अग्रवालको भनाई छ ।  

अध्यक्ष अग्रवालले भन्सारमा कारोबार मुल्यलाई मान्यता दिएर सन्र्दभ मुल्यलाई खारेज गर्नुपर्नेमा जोड दिए । नक्कली भ्याटबीलमा संलग्नलाई कारवाही गर्नुपर्ने तर छानविनका नाममा  असल व्यापारीलाई दुःख दिन नमिल्ने अध्यक्ष अग्रवालले बताए । २०५८ सालमा आएको आयकर ऐनलाई संशोधन गर्नुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिए  । सो कार्यक्रममा आन्तरिक राजश्व विभागका महानिर्देशक रामप्रसाद आचार्यले कर प्रणालीलाई लगानीसँग जोड्न सरकारले पनि काम गरिरहेको बताए । मुलुकका लगानीको वातावरण छैन भन्ने भाष्यलाई चिर्नुपर्ने महानिर्देशक आचार्यको भनाई छ । उनले भने, ‘लक्ष्य अनुसारको उपलव्धी हासिल गर्न नसकिएपनि अर्थतन्त्र अहिले ठिक ठाउँमा रहेको छ । राजश्व प्रणाली र सरकारको खर्च प्रणालीमा सुधार हुँदै आएको छ, ।’

सरकार र निजी क्षेत्रको सहकार्य मार्फत आर्थिक उपलव्धी हासिल गर्नुपर्नेमा महानिर्देशक आचार्यले जोड दिए । नक्कली भ्याट बील बिजकको समस्या समाधान गर्नेगरी प्रयास भईरहेको उनको भनाई छ । कार्यक्रममा सहभागीहरुले वर्तमान कर प्रणालीबाट साना व्यापारीहरु सवैभन्दा बढी मर्कामा परेको गुनासो गरेका थिए ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.