काठमाण्डौ । कृषि विकास बैंकको मेलम्ची शाखा कार्यालयले सिन्धुपाल्चोक जिल्लाको इलाका प्रहरी कार्यालय, मेलम्चीलाई सिसी टिभी वितरण गरेको छ ।
बैंकको उक्त शाखाले मंसिर १० गते सम्पन्न एक कार्यक्रमका बीच उक्त सहयोग प्रदान गरेको हो । मेलम्चि बजार क्षेत्रमा हुने चोरी डकैति, दुर्घटना, लागु औषध सेवन, लगायत विभिन्न वित्तीय अपराधहरु जस्ता कार्यको निगरानी गर्र्नका लागि इलाका प्रहरी कार्यालय, मेलम्चीको अनुरोधमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगतसि.सिसी टिभी प्रदान गरेको जनाएको छ ।
बैंकले प्रदान गरेको उक्त प्राविधिक उपकरणबाट मेलम्ची बजारमा शान्ति सुरक्षा कायम गर्न सहज हुने बैंकको विश्वास छ । उक्त सहयोग हस्तान्तरण समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत, उप–महाप्रवन्धक, वागमति प्रदेश निर्देशक, मेलम्चि शाखाका प्रवन्धक प्रज्वल भट्टराई लगायतको उपस्थिती रहेको थियो भने इलाका प्रहरी कार्यालयबाट प्रहरी नायव निरिक्षक कुमार चौलागाई लगायत विभिन्न सुरक्षाकर्मीहरुको उपस्थीती रहेको थियो ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बैंकको नियमित सेवाका अतिरिक्त संस्थागत सामाजिक उत्तरदायित्वबाट सामाजिक कार्यमा सहभागीता जनाउन पाँउदा बैंक गौरवान्वित रहेको र यस प्रकारको सानो सहयोगले शान्ती सुरक्षा कायम राख्न ठुलो योगदानदिन सक्ने धारणा राखे । उनले बैंकले यस क्षेत्रमा करिब १ अर्बबरावरको कर्जा लगानी गरी विकट ग्रामिण क्षेत्रका जनताको कर्जा आश्यकता पुरा गरी कृषि उत्पादनमा सकारात्मक योगदान दिएको उल्लेख गरे ।
यस्तै उक्त कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक श्रीकुमार चौलागाईले उक्त सहयोग ग्रहण गर्दै बैंकलाई धन्यवाद दिए । बैंकले गरको यस प्रकारको योगदान दिर्धकालसम्म अविस्मरणीय रहने र आगामी दिनमा समेत सहयोग निरन्तर रहने विश्वास उनले व्यक्त गरे ।
कार्यक्रममा बैंकका उप–महाप्रवन्धक शुसिल हुमागाईं, वागमती प्रदेश निर्देशक चन्द्र सिंह थापाको उपस्थिती थियो भने कार्यक्रम बैंकका प्रवन्धक प्रज्वल भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                