आईतवार, असार २२,२०८२ 02:09:15
  • आईतवार, असार २२,२०८२ 02:09:15
Global IME Bank Limited

गभर्नरका अगाडि अर्थमन्त्री निरीह, भने-'हामीले भनेको महाजीले मान्न छाड्नुभयो !'

Hyundai Nepal
गभर्नरका अगाडि अर्थमन्त्री निरीह, भने-'हामीले भनेको महाजीले मान्न छाड्नुभयो !'
Nabil Bank Limited

काठमाण्डौ । एउटै आइडोलोजीका भए पनि यसपटकको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा पार्टीको लाइनविपरीत नेपाल राष्ट्रबैंकका गभर्नर भिलेन बन्दा सरकारले चाहेको नीतिगत परिवर्तन हुन नसकेको खुलासा भएको छ ।  

केही बैंकरहरुसँगको भेटका क्रममा केही दिनअघि नै अर्थमन्त्री विष्णु पौडेलले आफ्नो निरीहता प्रकट गर्दै गभर्नर महाप्रसाद अधिकारीको विषयमा गुनासो गरेका थिए । 

CG Motors
Muktinath Bikas Bank Limited

एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतका अनुसार केही दिनअघि सिंहदरबारस्थित अर्थमन्त्रालयमा एमाले निकटका केही बैंकर र अर्थमन्त्री पौडेलबीच भेटवार्ता भएको थियो । एमाले निकटका बैंकरहरु मौद्रिक नीतिबाट केही नीतिगत परिवर्तन गरी कर्जा बिस्तार हुनसक्ने उपायहरु सुझाउन अर्थमन्त्री पौडेलकै बोलावटमा त्यहाँ पुगेका थिए । सो क्रममा उनीहरुले कर्जा बिस्तारका लागि मौद्रिक नीतिबाट हुनुपर्ने संसोधनहरुको विषय सुझाएका थिए । सो क्रममा बैंकरले भनेका थिए-'मौद्रिक नीतिको समीक्षामार्फत केही नीतिगत व्यवस्थामा सामान्य संसोधन गर्न सकियो भने सुस्त भनेको कर्जा प्रवाह बढ्ने थियो । सरकारले गफ मात्र गर्यो, देखिनेगरी काम गरेन भन्ने बजारमा व्यापक गुनासो छ । यस्ता गुनासोको सम्बोधनका लागि पनि बेलैमा मन्त्रीज्यूले गभर्नरलाई भन्नुपर्यो । यो तालले त जनमानसमा पार्टीकै विषयमा गलत धारणा बन्ने भयो ।'  

बैंकरहरुको कुरा सुनिसकेपछि अर्थमन्त्री पौडेलले भनेका थिए-'तपाईहरुले दिनुभएको सुझाव साच्चिकै महत्वपूर्ण छ । व्यक्त गर्नुभएको चिन्ता पनि सही हो । हामीले चाहेर पनि धेरै काम गर्न सकेका छैनौं । गभर्नरले पनि पछिल्लो समय त्यति सहयोग गरिरहनुभएको छैन । हामीले भनेको कुरा नै उहाँ मान्नुहुन्न । मौद्रिक नीतिको समीक्षामा हामीले चाहेजस्तो र तपाईहरुले भनेजस्तो परिवर्तन गराउन गभर्नर मान्नुहुन्छ जस्तो लाग्दैन ।' 

अर्थमन्त्री पौडेलले सो क्रममा आफू पछिल्लो समय फ्रस्टेट भएको समेत संकेत गरेका थिए । 'काम गर्न खोज्यो, विभिन्न ठाउँबाट अवरोध हुने, आफ्नो स्पिरिटअनुसार न त राष्ट्रबैंक, न त अन्य निकायले नै काम गरेर साथ दिए!' भन्दै गुनासो पोखेका थिए । उनले सो क्रममा मुलुकको अर्थतन्त्र निकै सम्वेदनशील अवस्थामा रहेको उल्लेख गर्दै पुरानै ढर्राले अब मुलुक अगाडि बढ्न नसक्ने र लक्षित आर्थिक वृद्धिदर पनि हासिल हुन नसक्ने दाबी गरेका थिए ।  

शुक्रबार बिहान मौद्रिक नीति सार्वजनिक भए पनि अर्थमन्त्रीलाई भेटेका ती वाणिज्य बैंकका सीइओले बिहीबार नै बिजशाला संवाददातासँग भनेका थिए -'मौद्रिक नीतिको समीक्षामार्फत केही नयाँ आउला भन्ने मलाई चाहिँ लागेको छैन । गभर्नरको अगाडि अर्थमन्त्री निरीह देखिए ।'  

ती बैंकरको विचारमा राष्ट्रबैंक स्वायत्त निकाय भएको र उसले आफ्नै ढंगले काम गर्न पाउनुपर्छ । तर, सरकारले चाहेको नीतिगत परिवर्तनमा राष्ट्रबैंक बाधक बन्नहुँदैन । ‘फेरि एमालेकै नेतृत्वमा सरकार रहेको बेला एमाले कार्यकर्ता नै रहेका गभर्नर अधिकारीले अझ बढी सहयोग गर्नुपर्नेमा किन त्यसो हुन सकेन, हामी पनि रनभूल्लमा छौं ।’ उनले थपे ।  

कतिपयले चाहिँ पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली अर्थमन्त्री विष्णु पौडेलको परफरमेन्सप्रति सन्तुष्ट नरहेका र ओलीसँगका निकटता तथा प्रमुख आर्थिक सल्लाहकार डा. युवराज खतिवडाको डिजाइनमा मौद्रिक नीतिमा कुनै परिवर्तन नगरिएको दाबी गरेका छन् ।  

एमालेनिकटकै कतिपय स्रोतहरुले अर्थमन्त्रीबाट विष्णु पौडेललाई विदा गरी डा. युवराज खतिवडालाई ल्याउने योजना बनिरहेकोले अवस्था केही फरक पर्न गएको दाबी गरेका छन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.