बुधबार, चैत्र २०,२०८१ 01:02:43
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 01:02:43
IME remit
Global IME Bank Limited

गौतमबुद्ध विमानस्थल दीगो सञ्चालनमा चेम्बर लुम्बिनी प्रदेशको जोड

Hyundai Nepal
गौतमबुद्ध विमानस्थल दीगो सञ्चालनमा चेम्बर लुम्बिनी प्रदेशको जोड
Nabil Bank Limited

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्स लुम्विनी प्रदेशले गौतमबुद्ध विमानस्थलको दीगो सञ्चालन, लगानी र सम्भावनाबारे सरोकारवाला निकायसँग बृहत अन्तरक्रिया सम्पन्न गरेको छ । भैरहवामा आयोजित कार्यक्रममा चेम्बर लुम्विनी प्रदेशले मुख्यमन्त्री चेत नारायण आचार्य, पदेशका मन्त्री, निजी क्षेत्रका प्रतिनिधीसंग वृहत अन्र्तक्रिया आयोजना गरेको हो ।  

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भैरहवा विमानस्थल स्थायी रुपमा सञ्चालनका लागि प्रदेश सरकारले पहल गर्ने बताए । ‘लुम्बीनीमा लगानीः अवसर र चुनौति’ विषय कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले विमानस्थल सञ्चालनका लागि केन्द्र सरकारसँग समन्वय गर्ने प्रतिवद्धता समेत जनाए । प्रदेश सरकारलाई बलियो बनाउने गरि आन्तरिक समन्वय एवं लगानीको वातावरण सिर्जना गर्ने गरी काम भईरहेको उनको भनाई छ । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल पुर्णरुपमा संचालन गर्नका लागि सरकार प्रयासरत रहेको उनको भनाई छ ।  

Shivam Cement
Bizshala
CG Motors

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्राले निजी क्षेत्रमा लगानीको वातावरण बन्नुपर्ने बताए । लुम्विनी प्रदेश लगानी र प्राकृतिक श्रोतको दृष्टिकोणले उत्कृष्ट प्रदेश रहेको वरिष्ठ उपाध्यक्ष मल्होत्राको भनाई छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

लुम्बिनी प्रदेश चेम्बरका अध्यक्ष टंक प्रसाद पोख्रेलल गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालनका लािग सरोकारवाला निकायबीच पुर्ण समन्वय र पहल कदमी लिनुपर्नेमा जोड दिए । भारतीय पर्यटकलाई चेकजाँचका नाममा अनावश्यक दुख दिने काम बन्द गर्नुपर्ने उनले बताए । लुम्बिनी प्रदेशमा लगानी भित्र्याएर पर्यटक आर्कषित गर्नुपर्नेमा उनले जोड दिए । भैरहवा विमानस्थल पुर्णरुपमा सञ्चालन गर्नका लागि सवैको पहल आवश्यक रहेको अध्यक्ष पोख्रेलले बताए ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.