• बिहीबार, भाद्र २६,२०८२ 12:33:18
Global IME Bank Limited

लक्ष्मी लघुवित्तले १४ औं वार्षिकोत्सव बृहत रक्तदान कार्यक्रम आयोजना गरि मनायो

Hyundai Nepal
लक्ष्मी लघुवित्तले १४ औं वार्षिकोत्सव बृहत रक्तदान कार्यक्रम आयोजना गरि मनायो

काठमाण्डौ । लक्ष्मी सनराइज बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले १४ औं वार्षिकोत्सव मनाएको छ । संस्थाले आज मंसिर १४ गते केन्द्रीय कार्यालय तथा शाखाहरुमा विभिन्न कार्यक्रम आयोजना गरेर वार्षिकोत्सव मनाएको हो । 

केन्द्रीय कार्यालयमा सञ्चालक समितिका अध्यक्ष, लक्ष्मी सनराइज बैंकका उच्च व्यवस्थापनका कर्मचारीहरु, संस्थाका प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुखहरु र केन्द्रीय कार्यालय मातहतका कर्मचारीको उपस्थितीमा कार्यक्रमको शुभारम्भ गरिएको थियो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यसै अवसरमा केन्द्रीय कार्यालयमा बृहत रक्तदान कार्यक्रम आयोजना गरि ६७ पिन्ट रगत संकलन गरिएको थियो ।  

साथै, संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत संजय साई विद्यामन्दिरको पुस्तकालयलाई पुस्तकहरु वितरण गरिएको थियो ।

विभिन्न शाखाकार्यालयहरुबाट स्थानिय स्तरका जनप्रतिनिधिहरु, स्थानिय सुरक्षा निकायका व्यक्तिहरु, वृद्धिजिवी वर्ग, ग्राहक सदस्य/अभिभावकहरुको उपस्थितिमा ३ हजार जनालाई वित्तीय साक्षरता कार्यक्रममा सहभागी गराईएको थियो ।  

२०६७ सालमंसिर १४ गते कम्पनी रजिष्ट्रारको कार्यलयमा दर्ता भै विधिवत रुपमा यस कम्पनीको स्थापना भएको थियो ।

यो पनि हेर्नुहोस

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.