बिहीबार, असार ११,२०८३ 03:28:02
Bizshala
  • बिहीबार, असार ११,२०८३ 03:28:02
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बैंकले कति वर्षसम्म कारोबार नभएको खाता बन्द गर्न सक्छन् ? यस्तो छ निष्क्रिय खातासम्बन्धी व्यवस्था

Laxmi Sunrise Bank Limited
बैंकले कति वर्षसम्म कारोबार नभएको खाता बन्द गर्न सक्छन् ? यस्तो छ निष्क्रिय खातासम्बन्धी व्यवस्था

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाले कारोबार नभएका बचत खाताको हकमा ३ वर्ष एवम् कल खाता र चल्ती खाताको हकमा १ वर्षभन्दा बढी समयावधि व्यतीत भएपछि त्यस्तो खाता निष्क्रिय गर्नुपर्ने व्यवस्था छ । यसरी खाता निष्क्रिय भएपश्चात् खाता सक्रिय गर्नुपर्दा बैंक तथा वित्तीय संस्थाको ग्राहक पहिचानसम्बन्धी नीतिबमोजिम सक्रिय गराउनुपर्दछ ।  

साथै, अद्यावधिक भएको खाता सक्रिय गर्नुपर्दा सम्बन्धित ग्राहकले निवेदनबाहेक अन्य कागजात पेस गर्न आवश्यक पर्दैन ।

New Office
CG Motors
Garima Development Bank

विद्युतीय माध्यमबाट समेत ग्राहक पहिचान अद्यावधिक गरी÷गराई सोको पुष्टि गर्ने व्यवस्था गरी खातालाई सक्रिय गर्न सकिन्छ । निष्क्रिय खाता सक्रिय गराउँदा ग्राहकले कुनै शुल्क तिर्नुपर्दैन ।  

यदि कुनै खातामा १० वर्ष देखि शून्य मौज्दात रही कारोबार भएको छैन भने बैंक तथा वित्तीय संस्थाले सार्वजनिक सूचना प्रकाशन गरी त्यस्ता खाता बन्द गर्न सक्छन् । यसैगरी, १० वर्षदेखि कारोबार नभएको वा कसैको हकदाबी नपरेको खाताको निक्षेप रकम लिन आउने सूचना बैंक वा वित्तीय संस्थाले प्रत्येक पाँच वर्षमा एक पटक राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुका साथै सो सम्बन्धी विस्तृत विवरण आफ्नो वेबसाइटमा समेत राख्ने गर्दछन् ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

२० वर्षसम्म पनि बुझ्न नआएको वा कसैको हकदाबी पर्न नआएको निक्षेप रकम भने नेपाल राष्ट्र बैंकको ‘बैंकिङ विकास कोष’मा जम्मा गर्नुपर्ने व्यवस्था रहेको छ ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.