बजार बढ्दा भोल्युम पनि बढ्नुलाई प्राविधिक रुपमा कसरी बुझ्ने ?
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन करिब १४ अंकले बढेको बजारमा १० अर्ब माथिको कारोबार भएको छ । आज बजार बढ्दा कारोबार तथा भोल्युम बढ्नु सकरात्मक पक्ष देखिन्छ । आज ४ घण्टाको कारोबारमा बजारले अन्तिम एक घण्टा कारोबारमा सुधार आएको छ । बोलिङ्गर ब्याण्डबाट नियाल्दा बजार अपर ब्याण्डमा नै चलेको देखिन्छ । अपर ब्याण्ड र लोअर ब्याण्ड साँघुरिएको छ ।

