शिव श्री हाईड्रोपावरको लिलामी सेयरको शिलबन्दी बोलपत्र मंसिर ३ गते खोलिने
काठमाण्डौ । शिव श्री हाईड्रोपावर लिमिटेडलेको लिलामी सेयरको शिलबन्दी बोलपत्र मंसिर ३ गते खोलिने भएको छ । उक्त शिलबन्दी बोलपत्र काठमाण्डौको डिल्लीबजारमा रहेको सिटिजन्स क्यापिटलको कार्यालयमा बिहान ९ बजे खोलिने छ । कम्पनीले गत कात्तिक २० गतेदेखि २७ गतेसम्म ८ लाख ६५ हजार ८४५ कित्ता अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको थियो ।

