आज घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज भने घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ४ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ४१ हजार २ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।