आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा भईरहेको छ कारोबार ?
काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला २ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३५ हजार ४ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, आज तेजावी सुनको मूल्य पनि ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३५ हजार ७५० रुपैयाँमा कारोबार भईरहेको छ ।