बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । नेपाली बजारमा आइतबार पहेंलो धातु सुनको भाउ ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ । शुक्रबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ यो दिन १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।