एनडीपीले गैरआवासीय नेपाली लगानीकर्तालाई समेट्दै ठूला र रोजगारमूलक आयोजनामा लगानी बिस्तार गर्ने
काठमाण्डौ । नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडको पहिलो वार्षिक साधारणसभा शुक्रबार काठमाडौंमा सम्पन्न भयो।कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न उक्त सभाले लगानीको दायरा विस्तार गर्न सरकारी तथा राष्ट्रिय/अन्तर्राष्ट्रिय गैर सरकारी कोषहरुसँग सार्वजनिक-निजी साझेदारीमार्फत सहकार्य गर्दै ठूला र रोजगारमुखी आयोजनामा लगानी गर्ने निर्णय गर्यो।

