यूएईले लिन थाल्यो भिजिट भिसाको आवेदन, कामदार भिसा खुल्ने समेत अनिश्चित
काठमाण्डौ । करिब दुई महिनादेखि रोकिएको संयुक्त अरब इमिरेट्स (यूएई)को भिजिट भिसा आवेदन प्रक्रिया पुनः खुला भएको छ। बिहीबारदेखि यूएई सरकारले नयाँ आवेदन लिन सुरु गरेको हो।
TRENDING
काठमाण्डौ । करिब दुई महिनादेखि रोकिएको संयुक्त अरब इमिरेट्स (यूएई)को भिजिट भिसा आवेदन प्रक्रिया पुनः खुला भएको छ। बिहीबारदेखि यूएई सरकारले नयाँ आवेदन लिन सुरु गरेको हो।
काठमाण्डौ । भक्तपुर जिल्लाका उद्योगी, व्यवसायी तथा व्यापारीहरुले प्रयोग गर्दै आएको नापतौलका सामग्रीहरुको नयाँ दर्ता तथा नवीकरणका लागि जिल्लामा बिहीबारदेखि नापतौल डोर कार्यक्रम सुरु भएको छ । भक्तपुर उद्योग वाणिज्य संघको पहल एवं गुणस्तर तथा नापतौल कार्यालय, त्रिपुरेश्वरको सहयोग तथा जिल्लास्थित नगरपालिका कार्यालयहरुसँगको सहकार्यमा नापतौल डोर कार्यक्रम सुरु भएको हो ।...
काठमाण्डौ। नेपाल पर्यटन बोर्डले हिमाल आरोही र पर्वतीय पर्यटकको सुरक्षालाई प्राथमिकतामा राख्दै हिमालय उद्धार संघ नेपाल (हिमालय रेस्क्यू एशोसिएसन) लाई आपतकालीन उद्धार सामग्री हस्तान्तरण गरेको छ । सगरमाथा र अन्नपूर्ण क्षेत्रका आरोही र पदयात्रीको सुरक्षामा थप सघाउ पुर्याउनेउद्देश्यले बिहीबार भृकुटीमण्डपस्थित बोर्डको कार्यालयमा उद्धार सामग्री हस्तान्तरण गरिएको हो...
काठमाण्डौ । विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित बन्ने प्रक्षेपण गरेको छ । विश्व बैंकले नेपाल डेभलपमेन्ट अपडेट प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित बन्ने प्रक्षेपण गरेको हो । गत भदौ २३ र २४ को जेनजी आन्दोलन र त्यसपश्चात् सिर्जना भएको राजनैतिक अस्थिरताका कारण सन् २०२५ मा ४.६ प्रतिशत रहने आर्थिक वृद्धिदर घटेर...
काठमाण्डौ । ब्रिटिस काउन्सिल गोइङ ग्लोवल पार्टनरसीप अवार्ड २०२५ का पाँच विजेतामध्ये बेलायत–नेपालबीचको सीपसम्बन्धी साझेदारी पर्न सफल भएको छ । यो अवार्डको घोषणा अक्टोवर २८ का दिन लन्डनमा आयोजित गोइङ ग्लोवल २०२५ सम्मेलनका क्रममा गरिएको थियो । नेपाली साझेदारहरुको तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चूूडामणि शर्माले अवार्ड ग्रहण गरेका थिए । यस...
काठमाण्डौ । नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक(आईजीपी) चन्द्रकुवेर खापुङलाई विदेश भ्रमण र काठमाण्डौ उपत्यका छाड्न रोक लगाइएको छ । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको घटनाको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको कात्तिक २७ गते बसेको बैृठकले यस्तो निर्णय गरेको हो ।
काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडले आफ्नो विद्युत् उत्पादन क्षमता विस्तार गर्ने उद्देश्यसहित लमजुङको बेसीसहरमा निर्माणाधीन ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाका लागि इलेक्ट्रो-मेकानिकल उपकरण आपूर्ति र जडान कार्य सम्बन्धी सम्झौता सम्पन्न गरेको छ।
काठमाण्डौ । पर्सा औद्योगिक करिडोरमा अवस्थित जगदम्बा स्टील प्रा.लि. ले लामो समयदेखि बाँकी रहेको डेडिकेटेड र ट्रंक लाइनमार्फत विद्युत् उपभोगको प्रिमियम महसुल तिर्न सुरु गरेको छ। कम्पनीले बुधबार पहिलो किस्ता बुझाएपछि गत कात्तिक ४ गते विच्छेद गरिएको विद्युत् लाइन पुनः जडान गरिएको हो।
काठमाण्डौ । पाँचतारे होटल ह्यात रिजेन्सीले सम्पूर्ण कर्मचारीलाई हटाउने निर्णय गरेको छ । ह्यात रिजेन्सीका महाप्रबन्धक आशिष कुमारले एक सुचना जारी गर्दै आगामी मङ्सिर २२ गतेदेखि लागु हुने होटलमा कार्यरत सम्पूर्ण कर्मचारीलाई कटौती गरिने जानकारी दिएका हुन् । सूचनामा कोभिड १९ का कारण लामो समय सम्म होटल तथा पर्यटन क्षेत्र बन्द भई होटललाई निकै नै ठुलो आर्थिक क्षति भएको र सो...
काठमाण्डौ । अर्थ मन्त्रालयको राजश्व सचिवमा भुपाल बराल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बराललाई राजश्व सचिवमा सुरुवा गर्ने निर्णय गरेको हो । उनी बागमती प्रदेश मुख्यमन्त्री कार्यालयको प्रमुख सचिवको जिम्मेवारीमा रहेका छन् ।
काठमाण्डौ । पछिल्लो समय डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता रकम तिर्ने उद्योगहरुको संख्या वृद्धि भईरहेको छ । यसै क्रममा थप दुईवटा उद्योगले बक्यौताअन्तर्गतको पहिलो किस्ता बुझाएका छन् । घोराही सिमेन्ट र कसमस सिमेन्टले विद्युत प्राधिकरणलाई पहिलो किस्ता बुझाएका हुन् । जसअन्तर्गत घोराही सिमेन्टले १ करोड ८१ लाख ६१ हजार र कसमस सिमेन्टले ३५ लाख रुपैयाँ बुझाएका छन् ।
काठमाण्डौ। गत असार २४ गते चीनको ल्हेन्दे खोलामा गएको विनाशकारी बाढीका कारण केरुङ नाकामा रहेको नितेरी पुल बगाउँदा नेपाल र चीनबिचको मालसामान ढुवानी पूर्णरूपमा अवरुद्ध भएको छ।बाढीले जनधनसहित ठूलो संख्यामा ट्रक र कन्टेनरहरूमा क्षति पुर्याएपछि नेपाल ट्रक यातायात व्यवसायी महासंघले बुधबार परराष्ट्र मन्त्रालयमा पत्र दिदैँ तत्काल आवश्यक पहल गर्न आग्रह गरेको छ।महासंघका...
काठमाण्डौ । प्रभू ग्रुपका अध्यक्ष तथा एमालेका निवर्तमान सांसद देवीप्रसाद भट्टचन तारेखमा रिहा भएका छन् । उनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले हिरासतमा राख्नु नपर्ने ठहर गरेपछि तारेखमा रिहा भएका हुन् ।
काठमाण्डौ । डेडिकेटेड र ट्रंकलाइनको बक्यौता तिर्न अस्वीकार गरेको भन्दै नेपाल विद्युत प्राधिकरणले लाइन काट्ने तयारी गरेपछि अर्घाखाँची सिमेन्टले सर्वोच्च अदालतमा परेको रिट असफल भएको छ। अदालतले अन्तरिम आदेश नदिने निर्णय गरेको हो।
काठमाण्डौ । आज डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौतासम्बन्धी विवादको सुनुवाई हुँदैछ । अर्घाखाची सिमेन्टले हालेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाई भईरहेको छ । नेपाल विद्युत प्राधिकरणले सरकारको निर्देशनबमोजिम बक्यौता रकम नतिर्ने उद्योगहरुको लाइन काटेपछि उक्त कदमविरुद्ध अर्घाखाची सिमेन्टले सर्वोच्चमा रिट दायर गरेको थियो । जसमा सर्वोच्चका न्यायधिस टेकप्रसाद...
काठमाण्डौ । अर्थमन्त्री रामेश्वर खनालले उच्चस्तरीय आर्थिक सुधार आयोगबाट प्राप्त सुझावहरू कार्यान्वयनमा ल्याउन सुरु भएको बताएका छन् । राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको मंगलबार बसेको बैठकमा अर्थमन्त्री खनालले यस्तो बताएका हुन् । उनले उच्चस्तरीय आर्थिक सुधार आयोगका सुझावहरु कार्यान्वयनका लागि केही नीति तथा कानून समेत बनिरहेको र...
काठमाण्डौ । सरकारले जग्गाको कित्ताकाट खुल्ला गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले गत साउनदेखि रोकिएको जग्गा कित्ताबाट खुल्ला गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अनिल कुमार सिन्हाले बताए । भू–उपयोग तेस्रो संशोधन नियमावली,२०८२ स्वीकृत भएसँगै जग्गाको कित्ताबाट खोलिएको हो । सरकारले जग्गा वर्गिकरण गर्न स्थानिय तहहरुलाई २०८२ असार...
काठमाण्डौ । नेपाल प्रहरीले नयाँ महानिरीक्षक (IGP) का रूपमा एआईजी दानबहादुर कार्कीलाई नियुक्त गरेको छ। कार्की हाल काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत थिए।सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई प्रहरी संगठनको सर्वोच्च पदमा नियुक्त गर्ने निर्णय गरेको हो। यसबारे जानकारी सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले दिएका छन्।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.