स्टक स्प्लिटपछि अल्फाबेटको सेयरमूल्य पहिलोपटक २ सय डलर नाघ्यो
काठमाण्डौ । गूगलको माउ कम्पनी अल्फाबेटको सेयरमूल्य स्ट स्प्लिट गरेपछि पहिलोपटक प्रतिकित्ता २ सय डलर पुगेको छ । लगानीकर्ताले एआईप्रति कम्पनीको सम्भावना वृद्धि भएको देखेसँगै सेयरमूल्यमा वृद्धि देखिएको हो । पछिल्लो कारोबारमा अल्फाबेटको मूल्य १.१ प्रतिशतले बढेको छ । यससँगै कम्पनीको सेयरमूल्य प्रतिकित्ता २००.२१ डलरमा बन्द भएको छ । पछिल्लो एक सातामा कम्पनीको सेयरमूल्य २...