शनिबार, असार ७,२०८२ 02:06:02
  • शनिबार, असार ७,२०८२ 02:06:02
Global IME Bank Limited

स्टक स्प्लिटपछि अल्फाबेटको सेयरमूल्य पहिलोपटक २ सय डलर नाघ्यो

Hyundai Nepal
स्टक स्प्लिटपछि अल्फाबेटको सेयरमूल्य पहिलोपटक २ सय डलर नाघ्यो
Nabil Bank Limited

काठमाण्डौ । गूगलको माउ कम्पनी अल्फाबेटको सेयरमूल्य स्ट स्प्लिट गरेपछि पहिलोपटक प्रतिकित्ता २ सय डलर पुगेको छ । लगानीकर्ताले एआईप्रति कम्पनीको सम्भावना वृद्धि भएको देखेसँगै सेयरमूल्यमा वृद्धि देखिएको हो ।  

पछिल्लो कारोबारमा अल्फाबेटको मूल्य १.१ प्रतिशतले बढेको छ । यससँगै कम्पनीको सेयरमूल्य प्रतिकित्ता २००.२१ डलरमा बन्द भएको छ । पछिल्लो एक सातामा कम्पनीको सेयरमूल्य २ प्रतिशतभन्दा बढीले बढेको छ ।  

यो वर्षको सुरुवातदेखि हालसम्म भने कम्पनीको सेयरमूल्यमा ६ प्रतिशतको वृद्धि देखिएको छ । अमेरिकी सेयर बजार मापक इनडेक्स नास्डक भने यो वर्ष ३ प्रतिशतले बढेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

अल्फाबेटले सन् २०२२ मा १ कित्ताबराबर २० हुनेगरी स्टक स्प्लिट गरेको थियो । स्टक स्प्लिट गर्दाबखत कम्पनीको सेयरमूल्य प्रतिकित्ता २ हजार ७५० डलर कायम थियो । स्टक स्प्लिटपश्चात भने कम्पनीको सेयरमूल्य प्रतिकित्ता १३७.५० डलर कायम थियो ।  

ठूला पूँजी भएका अमेरिकी कम्पनीहरुले आगामी सातादेखि वित्तीय विवरण सार्वजनिक गर्दैछन् । माइक्रोसफ्ट, मेटा र टेस्लाले बुधबार र एप्पलले बिहिबार आफ्नो वित्तीय विवरण सार्वजनिक गर्दैछन् । अल्फाबेटले भने चौथो त्रैमासिक प्रतिवेदन आगामी फेब्रुअरी ४ मा सार्वजनिक गर्ने निर्णय गरेको छ ।  

तेस्रो त्रैमासमा कम्पनीको आम्दानी १५ प्रतिशतले बढेको थियो ।  

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.