एशियन हाईड्रोपावरको घाटा झनै बढ्यो, विद्युत बिक्री आम्दानीमा पनि १२.२८% को गिरावट
काठमाण्डौ । एशियन हाईड्रोपावरको आम्दानी घटेसँगै घाटा झनै बढेको छ । कम्पनीको घाटा ३२ प्रतिशतले बढेको छ । अघिल्लो आवसम्म ४ करोड २२ लाख रुपैयाँबराबर घाटामा रहेको कम्पनीले गत आवको चौथो त्रैमाससम्म ५ करोड ५८ लाख रुपैयाँ घाटा व्यहोरेको छ । कम्पनीले विद्युत बिक्रीमार्फत १३ करोड ५ लाख रुपैयाँबराबरको आम्दानी गरेको छ । यो रकम अघिल्लो आवसम्म कम्पनीले आर्जन गरेको १४ करोड ८७ लाख...