सोमबार, असार २,२०८२ 10:44:32
  • सोमबार, असार २,२०८२ 10:44:32
Global IME Bank Limited

एशियन हाईड्रोपावरको घाटा झनै बढ्यो, विद्युत बिक्री आम्दानीमा पनि १२.२८% को गिरावट

Hyundai Nepal
एशियन हाईड्रोपावरको घाटा झनै बढ्यो, विद्युत बिक्री आम्दानीमा पनि १२.२८% को गिरावट
Nabil Bank Limited

काठमाण्डौ । एशियन हाईड्रोपावरको आम्दानी घटेसँगै घाटा झनै बढेको छ । कम्पनीको घाटा ३२ प्रतिशतले बढेको छ । अघिल्लो आवसम्म ४ करोड २२ लाख रुपैयाँबराबर घाटामा रहेको कम्पनीले गत आवको चौथो त्रैमाससम्म ५ करोड ५८ लाख रुपैयाँ घाटा व्यहोरेको छ ।  

कम्पनीले विद्युत बिक्रीमार्फत १३ करोड ५ लाख रुपैयाँबराबरको आम्दानी गरेको छ । यो रकम अघिल्लो आवसम्म कम्पनीले आर्जन गरेको १४ करोड ८७ लाख रुपैयाँको तुलनामा १२.२८ प्रतिशतले कम हो । कम्पनीको प्रशासनिक खर्च १ करोड १६ लाख ३८ हजार रुपैयाँबाट बढेर १ करोड १६ लाख ४७ हजार रुपैयाँ पुगेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै कम्पनीको वित्त खर्च १० करोड ८२ लाख रुपैयाँ रहेको छ । कम्पनीको चुक्तापूँजी ३४ करोड रुपैयाँबराबर रहेको छ । अघिल्लो आवसम्म ४ करोड २० लाख रुपैयाँबराबरको रहेको रिजर्भको आकार १ करोड ३७ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।  

कम्पनीको कुल चालु सम्पत्ति ८ करोड ९५ लाख र कुल चालु दायित्व १२ करोड ४१ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१६.४१ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ ९५.९५ रुपैयाँ र तरलता अनुपात ०.७२ प्रतिशत कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.