सर्वोच्चको निर्णयले विश्व पौडेललाई गभर्नर बन्ने बाटो खुला
काठमाण्डौ । अर्थशास्त्री डा. विश्व पौडेल गभर्नर बन्ने पक्कापक्की भएको छ । सर्वोच्च अदालतले समेत पौडेललाई गभर्नर बन्न बाटो खुल्ला गरिदिएपछि कानूनी हिसाबबाट पनि उनी गभर्नर बन्ने पक्कापक्की बनेको हो । मंगलबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले पौडेललाई गभर्नर बन्नबाट रोक्ने रिट दरपिठ गर्ने सर्वोच्च प्रशासनको यसअघिको आदेश सदर गरेको हो ।