काठमाण्डौ । प्रधानमन्त्री बालेन शाह र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलबीच आज भेटवार्ता भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा मुलुकको सेयरबजार, बैंकिङ तथा समग्र वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा छलफल भएको प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिइन्।
भेटका क्रममा पछिल्लो वित्तीय अवस्था, बैंकिङ क्षेत्र तथा पूँजी बजारसँग सम्बन्धित विषयमा छलफल भएको जनाइएको छ।

