काठमाण्डौ । नेपाल राष्ट्र बैंकले दशैं–तिहारलाई लक्षित गर्दै हजार रुपैयाँ दरका नयाँ नोट नेपाल ल्याउने भएको छ।
गत वर्षदेखि ५०० र १,००० रुपैयाँ दरका नोटको अभाव देखिँदै आएको अवस्थामा चाडपर्वलाई लक्षित गरी नयाँ नोट ल्याउन लागिएको हो। यसअघि असार ३ गतेदेखि गभर्नर डा. विश्वनाथ पौडेलको हस्ताक्षर भएका ५०० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा आइसकेका छन्।
अब पौडेलको हस्ताक्षर भएका १,००० रुपैयाँ दरका नोट पनि बजारमा आउनेछन्। गभर्नर पौडेलले हस्ताक्षर गरेको यो हजार दरको नोट दोस्रो नयाँ नोट हुनेछ।
गभर्नर पौडेलका अनुसार करिब ६ अर्ब रुपैयाँ बराबरका हजार दरका नोट केही समयमै नेपाल आइपुग्नेछन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।