एक लिटर पेट्रोलमा ७० किमीको माइलेज ! यी हुन् नेपालमा उपलब्ध सबैभन्दा सस्ता मोटरसाइकल
काठमाण्डौ । बजाजले पहिलो सीएनजी बाइक बजारमा ल्याएको छ । बजाज अटोले विश्वको पहिलो सीएनजी बाइक फ्रीडम सार्वजनिक गरेको हो । विशेष कुरा के छ भने भारत, नेपाल जस्ता देशका मध्यमवर्गीय जनतालाई केन्द्रमा राखेर कम्पनीले निकै सस्तो मूल्यमा यो बाइक सार्वजनिक गरेको हो । तर, सस्तो बाइक यो मात्र होइन, भारत तथा नेपालमा सस्तो बाइकहरु पनि निकै लोकप्रिय र मागमा छन् ।