काठमाण्डौ । बजाजले पहिलो सीएनजी बाइक बजारमा ल्याएको छ । बजाज अटोले विश्वको पहिलो सीएनजी बाइक फ्रीडम सार्वजनिक गरेको हो ।
विशेष कुरा के छ भने भारत, नेपाल जस्ता देशका मध्यमवर्गीय जनतालाई केन्द्रमा राखेर कम्पनीले निकै सस्तो मूल्यमा यो बाइक सार्वजनिक गरेको हो ।
तर, सस्तो बाइक यो मात्र होइन, भारत तथा नेपालमा सस्तो बाइकहरु पनि निकै लोकप्रिय र मागमा छन् ।
भारतमा त यही कारणले बजाज अटो र हिरो मोटोकर्पको नाम सर्वाधिक बिक्री हुने कम्पनीहरूमा परेको छ । यदि तपाई पनि बजेटमैत्री र सस्तो बाइक खोज्दै हुनुहुन्छ केही त्यस्ता बाइकहरुको विषयमा जानकारी लिन सक्नुहुन्छ ।
बजाजको प्लाटिना-100
यो बजाज बाइक सबैभन्दा सस्तो छ र उत्कृष्ट माइलेज पनि दिन्छ। कम्पनीले बाइकमा १०२ सीसी इन्जिन दिएको छ, जसले अधिकतम ७.७९ एचपी पावर र ८.३४ न्यूटन मिटरको टर्क जेनेरेट गर्छ । यो बाइकले एकलिटर पेटोलमा ७२ किलोमिटरको माइलेज दिन्छ । यसको मूल्य भारतमा ७० हजार भारु रहेको छ भने नेपालमा २ लाख रुपैयाँ हाराहारीमा रहेको छ ।
टिभिएस स्पोर्ट
यो बाइकमा १०९ सीसी इन्जिन छ । यो इन्जिनले अधिकतम ८.१९ पीएस पावर र ८.७ न्यूटन मिटरको अधिकतम टर्क जेनेरेट गर्छ। माइलेजको कुरा गर्दा यो बाइकले ७० किलोमिटर माइलेज दिन्छ । भारतमा यसको मूल्य करिब ६० हजार तथा नेपालमा १ लाख ७० हजार हाराहारीमा रहेको छ ।
हिरोको एचएफ डिलक्स
यो बाइकमा ९७ सीसी इन्जिन छ, जसले ८.०२ बीएचपीको अधिकतम पावर र ८.०५ न्यूटन मिटरको टर्क जेनेरेट गर्छ। यो बाइकले ७० किलोमिटर माइलेज दिन्छ । यसको एक्स शोरुम मूल्य भारतमा ६० हजार रुपैयाँ तथा नेपालमा १ लाख ७२ हजार रुपैइाँ रहेको छ ।
हिरोको एचएफ-100
यो बाइकमा ९७ सीसी इन्जिन छ, जसले ८.०२ बीएचपीको पावर र ८.०५ न्यूटन मिटरको टर्क जेनेरेट गर्छ। यो बाइकले एक लिटर तेलमा ७० किलोमिटर माइलेज दिन्छ । बाइकको भारतमा शोरुम मूल्य करिब ६० हजार रुपैयाँ तथा नेपालमा १ लाख ६६ हजार रुपैयाँ रहेको छ ।
बजाजको सिटी-100
यो बाइकमा ९९ सीसी इन्जिन छ, जसले ७.७९ एचपी पावर र ८.३४ न्यूटन मिटरको टर्क जेनेरेट गर्छ । यो बाइकले एक लिटर तेलमा ७५ किलोमिटर प्रतिघण्टाको माइलेज दिन्छ । यसको भारतमा शोरुम मूल्यशोरूम मूल्य रु ६२ हजार २६५ रहेको छ भने नेपालमा १ लाख ८० हजार रुपैयाँ रहेको छ ।