जेनजी आन्दोलनबाट प्रभावितलाई मनोपरामर्श सेवा उपलब्ध गराउने स्वास्थ्यमन्त्री शर्माको पहिलो निर्णय
काठमाण्डौ । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा शर्मा गौतमले जेनजी आन्दोलनमा घाइते तथा प्रभावित व्यक्तिहरुलाई मनोपरामर्श सेवा उपलब्ध गराउने निर्णय गरेकी छन् । मन्त्री शर्माले आज पदभार ग्रहण गर्दै यस्तो निर्णय गरेकी हुन् । नवनियुक्त मन्त्री गौतमले आज शीतल निवासमा शपथग्रहण गर्दै कार्यभार सम्हालेकी हुन् ।

