सोमबार, श्रावण १८,२०८३ 03:37:47
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 03:37:47
Bizshala
Global IME Bank Limited

जेनजी आन्दोलनबाट प्रभावितलाई मनोपरामर्श सेवा उपलब्ध गराउने स्वास्थ्यमन्त्री शर्माको पहिलो निर्णय

जेनजी आन्दोलनबाट प्रभावितलाई मनोपरामर्श सेवा उपलब्ध गराउने स्वास्थ्यमन्त्री शर्माको पहिलो निर्णय
New Office

काठमाण्डौ । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा शर्मा गौतमले जेनजी आन्दोलनमा घाइते तथा प्रभावित व्यक्तिहरुलाई मनोपरामर्श सेवा उपलब्ध गराउने निर्णय गरेकी छन् । 

मन्त्री शर्माले आज पदभार ग्रहण गर्दै यस्तो निर्णय गरेकी हुन् । नवनियुक्त मन्त्री गौतमले आज शीतल निवासमा शपथग्रहण गर्दै कार्यभार सम्हालेकी हुन् ।

उनलाई प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य मन्त्री नियुक्त गरेका थिए ।

डा. सुधा शर्मा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका पूर्व सचिव, प्रसूति–स्त्री रोग विशेषज्ञ र क्लिनिकल हेरचाह, स्वास्थ्य प्रणाली र हेरचाहको गुणस्तरमा ठूलो अनुभव भएकी जनस्वास्थ्य विशेषज्ञ हुन्।

उनी बेलायतको रोयल कलेज अफ ओब्स्टेट्रिशियन्स एण्ड गायनोकोलोजिस्टकी फेलो हुन् र पब्लिक हेल्थमा स्नातकोत्तर गरेका छन्।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.