ईभी गाडीको आयात झण्डै ३ गुणाले बढ्यो, चीनबाट मात्रै ६८.९२% आयात
काठमाण्डौ। आर्थिक वर्ष २०८०/८१ मा देशमा ११ हजारभन्दा बढी ईभी गाडी भित्र्याइएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार सो वर्ष ११ हजार ७०१ ईभी सवारी साधन नेपाल भित्र्याइएको हो । यो अवधिमा कुल २९ अर्ब ४८ करोड २७ लाख ९४ हजार रुपैयाँबराबरको ईभी आयात भएको छ । यो संख्या अघिल्लो वर्षको तुलनामा झन्डै ३ गुणाले बढी हो । अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा देशमा ४ हजार ५० ईभी...