चावहिलमा एकमहिने जुत्ताचप्पल मेला सुरु, ५०% सम्म छुट
काठमाण्डौ । प्रथम चावहिल जुत्ता चप्पल व्यापार मेला सुरु भएको छ । मेलाको उद्घाटन बिहिबार नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले गरेका हुन् ।मेला यहि माघ १८ बाट सुरु भई फागुन १८ अर्थात एक महिनासम्म चल्ने आयोजकले जनाएको छ । मेलामा १४ उद्योगका ३० भन्दा बढी ब्राण्डका तीन हजारभन्दा बढी डिजाइनका जुत्ताचप्पल प्रदर्शनीमा राखिएको छ ।