सोमबार, श्रावण १८,२०८३ 02:57:06
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:57:06
Bizshala
Global IME Bank Limited

चावहिलमा एकमहिने जुत्ताचप्पल मेला सुरु, ५०% सम्म छुट

चावहिलमा एकमहिने जुत्ताचप्पल मेला सुरु, ५०% सम्म छुट
New Office

काठमाण्डौ । प्रथम चावहिल जुत्ता चप्पल व्यापार मेला सुरु भएको छ ।  

मेलाको उद्घाटन बिहिबार नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले गरेका हुन् ।

मेला यहि माघ १८ बाट सुरु भई फागुन १८ अर्थात एक महिनासम्म चल्ने आयोजकले जनाएको छ । मेलामा १४ उद्योगका ३० भन्दा बढी ब्राण्डका तीन हजारभन्दा बढी डिजाइनका जुत्ताचप्पल प्रदर्शनीमा राखिएको छ ।

नेपाली ब्राण्डका जुत्ताको प्रचार/प्रसार गरी आम उपभोक्तामाझ पुर्याउने मूल उद्देश्यले विवाह तथा जाडोलाई समेत लक्षित गरी महिलापुरुष, बालबालिका, जेष्ठ नागरिकलगायत सबै उमेर समूहका उपभोक्ता/प्रयोगकर्तालाई आकर्षक डिजाइनका जुत्ता चप्पल मेलामा राखिएको छ । करिब एकसयभन्दा बढी स्टलहरुमा नेपाली ब्राण्डका जुत्ताचप्पल राखिएको छ ।  

एउटै छानामुनि सबै उमेर समूहलाई सुहाउँदो १४ उद्योगका ३० भन्दा बढी ब्राण्डका तीनहजारभन्दा बढी डिजाइनका जुत्ताचप्पल कारखानाकै मूल्यमा १५ देखि ५० प्रतिशसम्म छुटको व्यवस्था समेत गरेको मेला संयोजक दिवाकर गिरीले जानकारी दिए ।

यो मेलामा चावहिल, गौशाला, चुच्चेपाटी, बौद्ध, जोरपाटी, आरुबारी, साँखुलगायत वरपरका सबै क्षेत्रका आम उपभोक्तालाई जोड्ने मुख्य लक्ष्य राखी प्रथम चावहिल जुत्ता चप्पल व्यापार मेला आयोजना गरिएको उनले जानकारी दिए ।

नेपाली जुत्ता चप्पल उप्पादन गरि स्वदेशी वस्तुको प्रयोगमा फुटवयर क्षेत्रको उल्लेखनीय योगदान रहेको छ । नेपाली बजारमा करिब ६५ प्रतिशत योगदान नेपाली जुत्ताचप्पल उत्पादनले गर्न सफल भएको उद्योगी रामकृष्ण प्रसाईले बताए । उत्पादन क्षमता वार्षिक १६ करोड जोर रहेकोमा नेपाली बजारमा १० करोड माग रहेको तर बिक्री भने जम्मा ६ करोड मात्र रहेको उनले जानकारी दिए ।  

एक महिने मेलामा करिब ५ करोड रुपैयाँ बराबरको ३० देखि ३५ हजार जोरभन्दा बढी जुत्ताचप्पल बिक्री हुने अनुमान गरिएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.