प्राकृतिक प्रकोपका कारण ६ महिनामा विश्वका बीमकहरुले व्यहोरे ६० अर्ब डलर घाटा
काठमाण्डौ । यो वर्षको पहिलो ६ महिनामा विश्वभरका बीमा कम्पनीहरुले प्राकृतिक प्रकोपबाट ६० अर्ब डलरबराबरको घाटा व्यहोरेका छन् । यो रकम विगत १० वर्षको औषतको तुलनामा ६२ प्रतिशतले बढी हो । स्वीस रिले सार्वजनिक गरेको तथ्यांकअनुसार यसमा सबैभन्दा धेरै हिस्सा आधिहुरी(मुख्य गरेर अमेरिका)को रहेको छ । आधिहुरीका कारण बीमा कम्पनीहरुले ४२ अर्ब डलर घाटा व्यहोरेका छन् । जुन १० वर्षको औषत...