काठमाण्डौ । यो वर्षको पहिलो ६ महिनामा विश्वभरका बीमा कम्पनीहरुले प्राकृतिक प्रकोपबाट ६० अर्ब डलरबराबरको घाटा व्यहोरेका छन् । यो रकम विगत १० वर्षको औषतको तुलनामा ६२ प्रतिशतले बढी हो ।
स्वीस रिले सार्वजनिक गरेको तथ्यांकअनुसार यसमा सबैभन्दा धेरै हिस्सा आधिहुरी(मुख्य गरेर अमेरिका)को रहेको छ । आधिहुरीका कारण बीमा कम्पनीहरुले ४२ अर्ब डलर घाटा व्यहोरेका छन् । जुन १० वर्षको औषत रकमको तुलनामा ८७ प्रतिशतले धेरै हो ।
अमेरिकामा १२ वटा आधिहुरीमध्ये प्रत्येकबाट कम्पनीहरुले १–१ अर्ब डलर घाटा व्यहोरेको स्वीस रिजले जनाएको छ । सन् २००८ पश्चात आधिहुरीका कारण बीमा कम्पनीको घाटा वार्षिक ८ प्रतिशतले बढेको छ ।