बाढीपीडित बीमितलाई स्वास्थ्य बीमामा विशेष सुविधा, सहभुक्तानी हट्यो
काठमाण्डौ । गत भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका बीमितलाई स्वास्थ्य बीमा सेवामा लाग्दै आएको सहभुक्तानी हटाइएको छ।स्वास्थ्य बीमा बोर्डले बाढी प्रभावित तीन जिल्लाका बीमितलाई राहतस्वरूप स्वास्थ्य उपचारमा लाग्ने सहभुक्तानी (कोपेमेन्ट) र क्यापिङ हटाउने निर्णय गरेको हो।बोर्डका अनुसार स्वास्थ्य बीमा सेवा सहज रूपमा...

