बिहीबार, श्रावण १४,२०८३ 11:49:18
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 11:49:18
Bizshala
Global IME Bank Limited

‘एक नागरिक, एक डिजिटल स्वास्थ्य प्रोफाइल’ सहित स्वास्थ्य बीमा सुधार गर्ने कांग्रेसको घोषणा

‘एक नागरिक, एक डिजिटल स्वास्थ्य प्रोफाइल’ सहित स्वास्थ्य बीमा सुधार गर्ने कांग्रेसको घोषणा
New Office

काठमाण्डौ । आगामी पाँच वर्षभित्र सम्पूर्ण नेपाली नागरिकलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने उद्देश्यसहित नेपाली कांग्रेसले आफ्नो चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरेको छ। दलका अनुसार स्वास्थ्य बीमा अब राष्ट्रिय गौरवको कार्यक्रमको रूपमा अगाडि बढाइनेछ।

पार्टीले स्वास्थ्य बीमालाई अनिवार्य नागरिक अधिकार र सरकारको कर्तव्यका रूपमा अघि सारेको छ। यस अन्तर्गत, सबै नेपाली नागरिक स्वास्थ्य बिमामा आबद्ध हुनेछन्, र कमाउने व्यक्तिले प्रिमियम तिर्नुपर्ने छैन। अति विपन्न र श्रमिक वर्गको प्रिमियम राज्यले व्यहोर्ने व्यवस्था गरिएको छ।

प्रतिज्ञा पत्रअनुसार, स्वास्थ्य बीमाअन्तर्गत आधारभूत स्वास्थ्य सेवाहरू निःशुल्क हुनेछन् र बीमा आबद्ध भए पछि सबै प्रकारका उपचार सेवा जुनसुकै सरकारी वा निजी अस्पतालबाट प्राप्त गर्न सकिनेछन्।

नेपाली कांग्रेसले स्वास्थ्य बीमा प्रणालीलाई ‘एकद्वार नीति’ अन्तर्गत एकीकृत गर्ने योजना पनि प्रस्तुत गरेको छ। यसमा विभिन्न स्वास्थ्य सामाजिक सुरक्षा योजना र सहुलियतहरूलाई बीमामा समायोजन गर्दै, चकलेट, गुलियो पेय पदार्थ, मदिरा र सुर्तीजन्य वस्तुमा लाग्ने करबाट स्वास्थ्य बीमा कोषमा थप रकम सुनिश्चित गर्ने व्यवस्था समावेश गरिएको छ।

पार्टीले स्वास्थ्य बीमा बोर्डको संस्थागत क्षमता र कार्यप्रणालीमा सुधार गर्दै, स्वचालित दाबी प्रणाली, जालसाजी नियन्त्रण, र ‘एक नागरिक, एक डिजिटल स्वास्थ्य प्रोफाइल’ लागू गर्ने प्रतिबद्धता जनाएको छ।

त्यस्तै, प्रत्येक स्थानीय तहमा ‘प्रथम सेवा विन्दु’ सञ्चालन गरी नागरिकले घरमै न्यूनतम उपचार पाउने व्यवस्था गरिनेछ। आवश्यकता अनुसार थप विशिष्टीकृत सेवाका लागि सरकारी वा निजी अस्पतालबाट सहज रेफरल प्रणालीको व्यवस्था समेत प्रतिज्ञामा समावेश गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.