काठमाण्डौ । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतको ओपीडी सेवा पुनः सञ्चालनमा आएको छ। अस्पतालले केही समयदेखि रोकिएको स्वास्थ्य बीमा सेवा पुनः सुरु गरिएको जनाएको हो।
स्वास्थ्य बीमा बोर्डबाट शोधभर्नाबापत केन्द्रले पाउनुपर्ने रकम समयमै उपलब्ध नभएपछि सेवा प्रभावकारी रूपमा सञ्चालन गर्न कठिनाइ भएको अस्पतालले जनाएको थियो। सोही कारण केही समयका लागि स्वास्थ्य बीमा कार्यक्रम प्रभावित बनेको थियो।
अस्पतालले स्वास्थ्य बीमा सेवाको पुनः सञ्चालनसँगै बीमित सेवाग्राहीले अब नियमित रूपमा ओपीडी सेवा लिन सक्ने जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।