अघिल्लो आवमा घाटामा रहेको ईङवा हाईड्रोपावर नाफा कमाउन सफल
काठमाण्डौ । ईङवा हाईड्रोपावर लिमिटेड घाटाबाट बाहिरिदै नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म १ करोड ३५ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी २९ लाख ९६ हजार रुपैयाँ घाटामा थियो ।यो अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी बढेको छ । अघिल्लो आवमा १३ करोड १ लाख रहेको विद्युत बिक्री आम्दानी बढेर १५ करोड ५० लाख...

