काठमाण्डौ । ईङ्वा हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । मंसिर २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको १६ औं वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी पुस १६ गते काठमाण्डौको गौशालामा रहेको होटल क्रिष्टलमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा नियमनकारी निकायहरुबाट कुनै आवश्यक संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै सभामा सञ्चालक समितिको आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने , लेखापरीक्षकद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत सोसँग सम्वन्धित अनुसुचीहरुमाथि छलफल गरि पारित गर्ने र आर्थिक वर्ष २०८२/८३ को लागी लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीको सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।

