काठमाण्डौ । ईङ्वा हाइड्रोपावर लिमिटेडको घाटा १३३७.६ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको घाटामा व्यापक वृद्धि भएको हो ।
कम्पनीले समीक्षा अवधिसम्म ८ लाख ३ हजार ७७६ रुपैयाँबराबरको घाटा व्यहोरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीकोे घाटा जम्मा ५५ हजार ९१० रुपैयाँ थियो । कम्पनीले विद्युत बिक्रीबाट हुने आय वित्तीय विवरणमा समावेश गरेको छैन । कम्पनीको अन्य आम्दानी भने जम्मा ५० हजार रुपैयाँ रहेको छ ।
कम्पनीको प्रशासनिक खर्च ७८३९.३ प्रतिशतले बढेको छ । अघिल्लो आवको समीक्षा अवधिसम्म ९ हजार ८०० रहेको प्रशासनिक खर्च बढेर ७ लाख ७८ हजार रुपैयाँ पुगेको छ ।
कम्पनीको रिजर्भ १ करोड १ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।
यस्ते कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिकीकरण गरिएको )०.२७ रुपैयाँले ऋणात्मक छ । कम्पनीको मूल्य आम्दानी अनुपात १२७० गुणाले ऋणात्मक रहेको छ ।
सबै सूचकमा कमजोर देखिएको कम्पनीको सेयरमूल्य भने हिजोसम्म प्रतिकित्ता ३२७ रुपैयाँ कायम भएको छ ।