काठमाण्डौ । ईङवा हाईड्रोपावर लिमिटेड घाटाबाट बाहिरिदै नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म १ करोड ३५ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी २९ लाख ९६ हजार रुपैयाँ घाटामा थियो ।
यो अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी बढेको छ । अघिल्लो आवमा १३ करोड १ लाख रहेको विद्युत बिक्री आम्दानी बढेर १५ करोड ५० लाख रुपैयाँ पुगेको छ । कम्पनीको वित्त खर्च घटेको छ । वित्त खर्च ७ करोड २ लाखबाट घटेर ५ करोड ९६ लाखमा झरेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको कुल चालु सम्पत्ति १४ करोड २३ लाख र कुल चालु दायित्व २१ करोड ३० लाख रहेको छ ।
यस्तै कम्पनीको प्रतिसेयर आम्दनी(ईपीएस) ४.५० रुपैयाँ, प्रतिसेयर नेटवर्थ ९८.०२ रुपैयाँ, मूल्य आम्दानी अनुपात १२१.४५ गुणा र तरलता अनुपात ०.६७ प्रतिशत कायम भएको छ ।

