निर्जीवन बीमकहरुबाट ७५.८३% बीमा दाबी भुक्तानी हुन बाँकी, मुनाफा अझै प्रभावित हुन सक्ने
काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुमा साढे १२ अर्ब रुपैयाँको बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार फागुन २१ गतेसम्ममा ठूला बीमक र लघुबीमक गरी कुल १८ निर्जीवन बीमा कम्पनीमा १२ अर्ब ६४ करोड ३२ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको हो । गत असोज महिनाको दोस्रो सातादेखि परेको अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरोबाट धेरैको धन सम्पत्ति क्षति...