अरबौको क्षतिपछि सरकारी भवन बीमा गर्दै वागमती सरकार
काठमाण्डौ । सरकारी सम्पत्तिको सुरक्षाका लागि समयमै बीमा गर्नुपर्ने भए पनि वागमती प्रदेश सरकारले ठूलो क्षति व्यहोरेपछि मात्रै सरकारी कार्यालयका भवनको बीमा गर्ने तयारी थालेको छ । गत वर्षको जेनजी आन्दोलनका क्रममा सरकारी संरचनामा व्यापक तोडफोड र आगजनी भएपछि प्रदेश सरकारले चालु आर्थिक वर्षदेखि सबै सरकारी कार्यालयका भवनको बीमा गर्न बजेट विनियोजन गरेको हो ।जोखिमको...

